रमजानमा मस्जिदमा भीडभाड नगरि घरमै नमाज पढ्न मुस्लिम आयोगको आग्रह « Khabarhub

रमजानमा मस्जिदमा भीडभाड नगरि घरमै नमाज पढ्न मुस्लिम आयोगको आग्रह


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिवारबाट सुरु हुने मुस्लिम समुदायको रमजान पर्वको बेला मस्जिदमा भीडभाड नगरि घरभित्रै नमाज पढ्न मुस्लिम आयोगले अपिल गरेको छ । शनिवारबाट सुरु हुने रमजान एक महिना चल्ने छ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालका मुस्लिम समुदायलाई रमजान पर्वको बेला मस्जिदमा भीडभाड नगरि घरभित्रै नमाज पढ्न अपिल गरेका हुन् ।

यो साता लगातार उदयपुरको मस्जिदसँग सम्बन्धित कोरोनाभाइरसको सङ्क्रमणको सङ्ख्या बढेपछि देशका विभिन्न भागका मस्जिद तथा मद्रासाहरूमा सतर्कता बढाउन अनि आवश्यक ठाउँमा परीक्षण पनि गराउन आयोगले प्रशासन तथा स्वास्थ्यमन्त्रालयसँग मिलेर काम गरिरहेको अन्सारीले बताए ।

रोगको कुनै जात र धर्म नहुने भन्दै उनले सरकारले लागु गराएको ‘लकडाउन’ तथा सामाजिक दूरीका नियमहरू पर्वका बेला पनि पालना गर्न सबैलाई अपिल गरेका छन्। नेपालमा हालसम्म कोरोनाभाइरस सङ्क्रमित व्यक्तिको सङ्ख्या ४८ पुगेको छ जसमध्ये १० जना निको भइसकेका छन्।

उपचाररत ३८ जनामध्ये उदयपुरका दुई दर्जनभन्दा बढी अनि वीरगञ्ज नजिकैको मस्जिदमा रहेका ३ जना थिए।

स्वास्थ्यमन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार हाल बाग्लुङमा १ जना, धनगढीमा १ जना, भरतपुरमा २ जना, वीरगञ्जमा ५ जना र विराटनगरमा २९ जना उपचाररत छन्।

यसैबीच सरकारले काठमाडौँस्थित मस्जिदमा रहेका सबैको कोरोना भाइरस (कोभिड–१९) परीक्षण शुरु गरेको छ ।

उदयपुरको मस्जिदमा रहेका मानिसमा कोरोनाको सङ्क्रमण देखिएपछि काठमाडाँैस्थित मस्जिदमा रहेका सबैको परीक्षण शुरु गरिएको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बिहीबारदेखि यहाँका मस्जिदमा रहेका मानिसको परीक्षण पोलिमरेज चेन रियाक्सन (पिसिआर) शुरु गरिएको छ ।

उनका अनुसार बिहीबार ७६ जनामा परीक्षण गरिएको र बाँकीको आज पनि भइरहेको छ । काठमाडौँमा दुई जना रहेको अनुमान गरिएको छ ।

उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केस्थित मस्जिदमा २७ जनामा कोभिड संक्रमण देखिएको थियो । तिमध्ये तीन जना काठमाडौमा गएको देखिएको महानिर्देशक श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ६ : ४३ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम