७५३ वटै स्थानीय तहमा ट्रेसिङ र टेस्टिङ गर्न मेडिकल टोली खटाइने « Khabarhub

७५३ वटै स्थानीय तहमा ट्रेसिङ र टेस्टिङ गर्न मेडिकल टोली खटाइने


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सम्भावित कोरोना भाइरसको संक्रमण पैलिन नदि देशका ७५३ वटै स्थानीय तहमा ट्रेसिङ र टेस्टिङ गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य अधिकृतको नेतृत्वमा ७५३ वटै स्थानीय तहमा ३ सदस्यीय टोली खटाउने निर्णय गरेको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरस नियन्त्रण र रोकथामको कामलाई थप व्यवस्थित गर्न ट्रेसिङ तथा टेस्टिङको कार्यमा सहयोग र सहजीकरण गर्नका लागि स्थानीय तहहरुमा टोली खटाउन लागिएको जानकारी दिए ।

‘स्थानीय तहमा परिचालन हुने गरी टोली पठाउन लागिएको हो । उनीहरुले त्यहाँ टेस्टिङ, ट्रेसिङ र संक्रमण रोकथाम तथा नियन्त्रणको अन्य काममा सहजीकरण गर्नेछन्,’ देवकोटाले भने ।

देवकोटाका अनुसार हरेक टोलीमा १ जना जनस्वास्थ्य अधिकृत, १ जना ल्याब टेक्निसियन र १ जना पारामेडिक्स वा नर्स रहनेछन्। गाउँपालिका क्षेत्रमा एउटा, नगरपालिकमा २, उपमहानगरमा ३ र महानगरपालिकामा ५ वटा टोली परिचालन हुने देवकोटाले जानकारी दिए ।

शुरुमा स्थानीय तहमा उपलब्ध हुने स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर टोली परिचालन गरिने छ । कुनै स्थानीय तहमा अपुग भएको अवस्थामा माथिल्लो निकायमा माग गर्ने गरी मन्त्रालयले देशैभर पत्राचार गरेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ६ : ४९ बजे

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर