७५३ वटै स्थानीय तहमा ट्रेसिङ र टेस्टिङ गर्न मेडिकल टोली खटाइने « Khabarhub

७५३ वटै स्थानीय तहमा ट्रेसिङ र टेस्टिङ गर्न मेडिकल टोली खटाइने


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सम्भावित कोरोना भाइरसको संक्रमण पैलिन नदि देशका ७५३ वटै स्थानीय तहमा ट्रेसिङ र टेस्टिङ गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य अधिकृतको नेतृत्वमा ७५३ वटै स्थानीय तहमा ३ सदस्यीय टोली खटाउने निर्णय गरेको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरस नियन्त्रण र रोकथामको कामलाई थप व्यवस्थित गर्न ट्रेसिङ तथा टेस्टिङको कार्यमा सहयोग र सहजीकरण गर्नका लागि स्थानीय तहहरुमा टोली खटाउन लागिएको जानकारी दिए ।

‘स्थानीय तहमा परिचालन हुने गरी टोली पठाउन लागिएको हो । उनीहरुले त्यहाँ टेस्टिङ, ट्रेसिङ र संक्रमण रोकथाम तथा नियन्त्रणको अन्य काममा सहजीकरण गर्नेछन्,’ देवकोटाले भने ।

देवकोटाका अनुसार हरेक टोलीमा १ जना जनस्वास्थ्य अधिकृत, १ जना ल्याब टेक्निसियन र १ जना पारामेडिक्स वा नर्स रहनेछन्। गाउँपालिका क्षेत्रमा एउटा, नगरपालिकमा २, उपमहानगरमा ३ र महानगरपालिकामा ५ वटा टोली परिचालन हुने देवकोटाले जानकारी दिए ।

शुरुमा स्थानीय तहमा उपलब्ध हुने स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर टोली परिचालन गरिने छ । कुनै स्थानीय तहमा अपुग भएको अवस्थामा माथिल्लो निकायमा माग गर्ने गरी मन्त्रालयले देशैभर पत्राचार गरेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ६ : ४९ बजे

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा