भारततर्फको क्वारेन्टाइनमा राखिएका १ सय नेपालीलाई ल्याइयो « Khabarhub

भारततर्फको क्वारेन्टाइनमा राखिएका १ सय नेपालीलाई ल्याइयो


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- भारततर्फको क्वारेन्टाइनमा राखिएक १ सय जना नेपालीलाई स्वदेश ल्याइएको छ । भारतको नौतनवास्थित क्वारेन्टाइनमा राखिएका नेपालीमध्ये १ सयजनालाई शुक्रबार सुनौली नाका हुँदै नेपाल ल्याइएको हो ।

नौतनवास्थित क्वारेन्टाइनमा रहेका ३ सय ३५ जनामध्ये १ सयजनालाई स्वदेश ल्याइएको हो ।

भारतका विभिन्न स्थानबाट घर फर्केका उनीहरुलाई गत चैत १८ गते लकडाउन र सिमाना सिल भएपछि सुनौली दशगजाबाट नौतनवाको क्वारेन्टाइनमा बस्नेगरी फर्काइएको थियो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले ३ हप्ता अघि नौतनवाको क्वारेन्टाइनमा राखिएका नेपालीहरुलाई तीन चरणमा स्वदेश ल्याइने बताए ।

उनका अनुसार, उनीहरुलाई स्वदेश ल्याउने बारेमा केन्द्र सरकारले स्थानीय स्तरबाट निर्णय गर्नु भनेर निर्देशन दिएपछि स्वदेश ल्याउन थालिएको हो ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ७ : २५ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर