शिक्षा मन्त्रालयद्वारा कोरोनाका विषयमा सातै प्रदेशका मन्त्रीहरुसँग अनलाइन बैठक | Khabarhub Khabarhub

शिक्षा मन्त्रालयद्वारा कोरोनाका विषयमा सातै प्रदेशका मन्त्रीहरुसँग अनलाइन बैठक


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिरजमणि पोखरेलले कोरोनाभाइरसको संक्रमणविरुद्ध तीनै तहका सरकार एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सातवटै प्रदेशका विज्ञान तथा प्रविधि विषय हेर्ने मन्त्रीहरुसँग गरेको अनलाइन बैठकमा मन्त्री पोखरेलले विज्ञान तथा प्रविधि पूर्वाधारको पनि पूर्वाधार भएकोले सबै तहका सरकारले आपसमा संयोजन गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।

मन्त्रालयले कोरोना भाइरसको महामारीका विषयमा केन्द्रित भएर आगामी दिनमा विज्ञान तथा प्रविधिको क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरेको हो ।

बैठकमा यसअघि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यस प्रकोपको सामना गर्न सुझाव दिन गठित समितिका संयोजक पूर्व मन्त्री गणेश शाह र उक्त समिति अन्तर्गतका विभिन्न छ वटा उप समितिहरुका संयोजकहरु मध्ये विज्ञान तथा प्रविधि क्षेत्रका चार उपसमितिका संयोजकहरु नाष्टका उपकुलपति डा. सुनिलवावु श्रेष्ठ, प्रा. डा. रमेश मास्के,नास्टाका प्राज्ञ दिनेश भुजु र विज्ञान तथा प्रविधि सचिव डा. सन्जय शर्माले आफू अन्तर्गत रहेको समितिले गरेका कामहरुको विषयमा जानकारी गराएका थिए ।

उनीहरुले तीनै तहका सरकारले अब गर्नु पर्ने कामहरुको वारेमा समेत धारणा राखेका थिए । प्रदेश मन्त्रीहरुले प्रदेश सरकारले विज्ञान तथा प्रविधिको क्षेत्रमा गरेका विभिन्न कामका विषयमा जानकारी गराएका थिए ।

वैठकमा मन्त्री पोखरेलले  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेका समितिहरुको सुझाव प्रदेस तहमा पनि आवश्यक परेमा उपलब्ध गराउन सकिने र विज्ञहरुसँग अनलाईन वैठक समेत गराउन सकिने बताए ।

उनले आगामी दिनमा प्रदेश सरकार तथा केन्द्र सरकारको समन्वयमा प्रत्येक प्रदेशमा एक एक विषयमा सेन्टर फर एक्सेलेन्स खोली विज्ञान तथा प्रविधिको विकासलाई अगाडि वढाउनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ८ : ०९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०