अन्नपूर्ण क्षेत्रमा बेपत्ता भएको साढे ३ महिनापछि शव फेला « Khabarhub

अन्नपूर्ण क्षेत्रमा बेपत्ता भएको साढे ३ महिनापछि शव फेला


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- कास्कीको अन्नपूर्ण गाँउपालिका-१ हिङकु केभ क्षेत्रमा ३ माघ २०७६ मा गएको हिमपहिरोमा परी बेपत्ता भएका सात जनामध्ये एक जनाको शव नेपाली सेनाले फेला पारेको छ।

हिमपहिरोमा तीन नेपाली गाइड तथा चार जना कोरियन पर्यटक बेपत्ता भएका थिए । ती मध्ये एक गाइडको शव शुक्रबार फेला परेको छ । शव धादिङको गंगाजमुना गाउँपालिकाका ४५ वर्षीय मेमबहादुर तामाङको रहेको जनाइएको छ। यसअघि नै एक नेपालीको शव भेटिइसकेको छ।

सेनाको उद्धार टोलीले सोही क्षेत्रबाट तीन वटा झोला पनि बरामद गरेको छ। स्थानीयहरुबाट एक नेपालीको शव देखिएको सूचना पाएपछि सेनाको पश्चिम पृतनाको समन्वयमा पोखरास्थित सेकेण्ड रेञ्‍जर बटालियनबाट उद्धार टोली खटिएको थियो।

नेपाल प्रहरीका एक जना प्रतिनिधिसहित सेनाको टोली शुक्रबार बिहान साढे १० बजे सेनाको एनए ०६१ हेलिकप्टरमा घटनास्थल गएको हो।

टोलीले शव र झोलाहरु प्रहरीको जिम्मा लगाएको छ। शवलाई पोष्टमार्टमको लागि पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको जनाइएको छ।

निर्देशनालयले खोजीमा खटिएको टोलीले उक्त स्थानमा हराएका बाँकी एक नेपाली र चार कोरियालीको खोजी गर्दा सम्भावित स्थानमा अझै बाक्लो हिउँ जमिरहेकाले फेला नपरेको हुँदा फर्किएको जनाएको छ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ८ : २७ बजे

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा

कर्णाली राजमार्गका चार रुग्ण ठेक्का तोडिए

जुम्ला – जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्ग सडकखण्डअन्तर्गतका चार

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौं – सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन