जाजरकोटका युवकको रूकुमपश्चिममा हत्या « Khabarhub

जाजरकोटका युवकको रूकुमपश्चिममा हत्या


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुले जाजरकोटका एक युवकको कुटेर हत्या गरेका छन् ।

जाजरकोटस्थित भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको कुटेर हत्या गरिएको हो ।

नवराजसँगै चौरजहारी पुगेका छ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए ।

१२ जनालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ । नवराज र सोतीकी सुष्मा मल्लबीच लामो समयदेखि प्रेम रहेको थियो । सुष्माकै आग्रहमा नवराजले १९ युवा जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए ।

उनीहरू त्यहाँ पुगेको खबर सुष्माकी आमाले थाहा पाएर हल्ला गरेपछि गाउँहरुले युवालाई कुटपिट गर्दा नवराजको मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।

गाउँहरुले लखेट्दा अन्य छ युवा बेपत्ता भएक छन् । सुष्मा र नवराज प्रेम सम्बन्धमा रहेको थाहा पाएपछि आफन्तले सो विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उजुरीसमेत दिएको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ९ : १३ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै