जाजरकोटका युवकको रूकुमपश्चिममा हत्या « Khabarhub

जाजरकोटका युवकको रूकुमपश्चिममा हत्या


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुले जाजरकोटका एक युवकको कुटेर हत्या गरेका छन् ।

जाजरकोटस्थित भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको कुटेर हत्या गरिएको हो ।

नवराजसँगै चौरजहारी पुगेका छ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए ।

१२ जनालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ । नवराज र सोतीकी सुष्मा मल्लबीच लामो समयदेखि प्रेम रहेको थियो । सुष्माकै आग्रहमा नवराजले १९ युवा जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए ।

उनीहरू त्यहाँ पुगेको खबर सुष्माकी आमाले थाहा पाएर हल्ला गरेपछि गाउँहरुले युवालाई कुटपिट गर्दा नवराजको मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।

गाउँहरुले लखेट्दा अन्य छ युवा बेपत्ता भएक छन् । सुष्मा र नवराज प्रेम सम्बन्धमा रहेको थाहा पाएपछि आफन्तले सो विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उजुरीसमेत दिएको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ९ : १३ बजे

व्यासको बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ– व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन

भूतपूर्व सैनिक सम्मेलन आइतबारदेखि हुँदै

काठमाडौँ– भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली सेनाले

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

काठमाडौँ– राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका

हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै

काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको