आमाको कार लिएर ३ डलरमा स्पोर्टस कार किन्न निस्किए ५ वर्षे बालक « Khabarhub

आमाको कार लिएर ३ डलरमा स्पोर्टस कार किन्न निस्किए ५ वर्षे बालक


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल बालबालिका जिद्दिपना यति धेरै बढेर गएको छ कि उनीहरुको हठ स्वभावले धेरै अभिभावकलाई सताउने गरेको छ ।

यसैबीच अमेरीकाकाका एक बालकको हठ स्वभाव र उनको कारनामाले धेरैको होस उडाएको छ ।

पश्चिमी अमेरिकी राज्य यूटाका हाईवे प्रहरीले एक यस्ता बच्चालाई नियन्त्रणमा लिए । जो आफ्नो घरबाट कार लिन भागेर निस्किएका थिए । रिक मार्गन नामक ५ वर्षका बालकले आमालाई आफुलाई लैम्बर्गिनी कार मन पर्ने भएकाले सो कार किनिदिन आग्रह गरे ।

जब आमाले मानिनन् उनी आमाको कार चोरेर कसैलाई नसोधी क्यालिफोर्नियाका लागी निस्किए । तर प्रहरीले जब सडकमा लापरबाह चलेको कार देखे उनीहरुलाई चालक समस्या छन् कि भनेर रोके र बालकलाई नियन्त्रणमा लिए ।

प्रहरी नियन्त्रणमा आएका बालकले प्रहरीलाई दिएको बयान अनुसार उनी आफ्नो आमासंग विवाद भएपछि भागेर कार किन्न हिडेका थिए ।

उनलाई स्पोर्ट्स कार लैम्बर्गिनी मन पर्ने भएकाले त्यो किन्न आमालाई आग्रह गरे तर आमाले नमानेपछि रिसाएर उनी एक्लै कार किन्न हिडे ।

यसमा सबै भन्दा रोचक कुरा त के छ भने संसार कै महंगा कारहरु मध्ये एक मानिएको लैम्बर्गिनी किन्न हिडेका बालकलाई जब प्रहरी सोधे कार किन्ने पैसा छ त ? तब बालकले जवाफ दिए हो, छ म संग ३ डलर छ ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ९ : ३० बजे

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,