९ दिनपछि विद्युतीय शवदाह गृह सञ्चालनमा « Khabarhub

९ दिनपछि विद्युतीय शवदाह गृह सञ्चालनमा


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाको सङ्क्रमणबाट मृत्यु भएकी महिलाको दाह संस्कार गरिएको पशुपतिस्थित विद्युतीय शवदाह गृह नौ दिनपछि सञ्चालनमा आएको छ ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं ९ राम्चेकी मृत्यु भएकी ती सुत्केरीको जेठ ३ गते शनिबार राति सो शवदाह गृहमा दाह संस्कार गरिएको थियो ।

विद्युतीय यन्त्र भएको कक्षलाई ३६ घण्टासम्म सिल गरी सरसफाइ गरिएको थियो । यन्त्र चलाउने सबै प्राविधिक कर्मचारी महिलाको शवदाहमा संलग्न भएपछि सबैको पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।

सो परीक्षण प्रतिवेदन नेगेटिभ आएपछि शवदाह गृह सञ्चालनमा ल्याउन लागिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । गृह चलाउन तताउन शुरु गरिसकिएको पनि उनले बताए ।

शवदाहको विद्युतीय यन्त्र चलाउने प्राविधिक पर्याप्तमात्रामा भएको भए ३६ घण्टापछि नै सञ्चालनमा ल्याउन सकिने थियो । सुरक्षाका कारण कोरोना सङ्क्रमितलाई आर्यघाट र भष्मेश्वर घाटमा जलाउन नसकिने कोषले जनाएको छ । विद्युतीय शवदाह गृहमा दुई शव एकैपटक जलाउन सकिन्छ ।

कोरोना सङ्क्रमितको शव जलाउन विद्युतीय शवदाह यन्त्र चलाउने प्राविधिक कर्मचारीको अभाव हुन सक्ने देखिएको छ । जम्मा ६ जना कर्मचारीले हाल तालिम लिएर यन्त्र चलाउँदै आएका छन् । कोरोना प्रमाणित भएकाको शव जलाएपछि प्राविधिकको पिसिआर परीक्षण गर्नुपर्छ । कर्मचारीलाई कोरोना पोजेटिभ देखिए गृह चलाउन दिइँदैन । अरु कर्मचारीलाई तालिम दिन तीन महिना लाग्छ ।

नेपाली सेनाले सुरक्षितरुपमा विद्युतीय शवदाह गृहसम्म शव ल्याएपछि कोषका तालिम प्राप्त कर्मचारीले मात्र यन्त्र चलाउन सक्छन् । जनशक्ति व्यवस्थापनका विषयमा पूर्व तयारी नभएकाले समस्या पर्न सक्ने जनाइएको छ ।

क्रियापुत्री घर सञ्चालनमा

सरसफाइका लागि एक हप्तासम्म बन्द रहेको पशुपतिको क्रियापुत्री घर पनि आजैदेखि सञ्चालमा आएको कार्यकारी निर्देशक खतिवडाले बताए । १३ दिनसम्म क्रियापुत्री बसिसकेपछि सफाइका लागि क्रियापुत्री घर केही समय बन्द गरेर सरसफाइ गरी पुनः सञ्चालन गर्ने गरिएको छ ।

क्रियापुत्री घरमा आवतजावत गर्नेमा कोरोनाको सङ्क्रमण नफैलियोस् भनी सजगता अपनाइएको कोषले जनाएको छ ।

पशुपति क्षेत्रमा काज क्रिया गर्न चाहनेका लागि ४० कोठाको व्यवस्था गरिएको छ । पशुपतिमा सबै सुविधा हुने भएकाले मानिसको रोजाइमा यहीँको क्रियापुत्री घर पर्ने गरेको छ ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  २ : ११ बजे

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने