पूर्वसांसदको परिवारबारे भ्रामक प्रचार गर्ने पक्राउ « Khabarhub

पूर्वसांसदको परिवारबारे भ्रामक प्रचार गर्ने पक्राउ


११ जेष्ठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- पूर्वसांसद तथा संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अनन्त पौडेल र कोरोना सङ्क्रमित उनकी श्रीमतीका बारेमा भ्रामक प्रचार गर्दै सामाजिक सञ्जालका अफवाह फैलाउने नितेश रिजाललाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

निजगढ नगरपालिका १२ रतनपुर घर भएका रिजाललाई वडा प्रहरी कार्यालय हेटौँडाको टोलीले हेटौँडा–५ भैरवरोडबाट पक्राउ गरेको हो ।

रिजालले शनिबार सामाजिक सञ्जाल फेसबुकमा हेटौँडा–३ मा कोरोना सङ्क्रमित महिला पूर्वसांसद पौडेलकी श्रीमती भएको र घरमा क्यानडाबाट आएको छोरीले पार्टी दिएको, सूर्यले हेटौँडा डुबाउँदैछ भन्ने अफवाह फैलाउने भ्रामक भिडियो पोष्ट गरेका थिए ।

पौडेलसहित हेटौँडावासीले रिजाललाई पक्राउ गर्न चौतर्फी दबाब दिएको जनाइएको छ । पक्राउ परेका रिजाललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको, घटनाको अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  २ : २४ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको