लकडाउनकाबीच भारतमा आइतबार धेरै जोडीको विवाह « Khabarhub

लकडाउनकाबीच भारतमा आइतबार धेरै जोडीको विवाह


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेङ्लोर- भारतमा अहिले चौथो चरणको लकडाउन छ । यो लकडाउन यही महिनाको अन्त्यसम्मका लागि तय भइसकेको छ ।

सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन घोषणा गरेपनि अत्यावश्यक कामका लागि भने लचकता देखाएको छ । यस्तै अत्यावश्यक काम अन्तर्गत बैबाहिक कामलाई पनि मानिएको छ ।

उपयुक्त र पर्याप्त आधारहरु देखाउन सके, अहिले नै गर्नु पर्ने बाध्यात्मक कारण पेश गर्न सकेमा र पहिले नै निर्धारण भएको अवस्थामा सरकारले बैबाहिक कार्यक्रम गर्नका लागि अनुमती दिने गरेको छ ।

यही आधारमा आइतबार कैयौँ जोडी बैबाहिक जीवनमा बाँधिएका छन् । उनीहरुलाई भिडभाड नगरी आधारभूत धार्मिक तथा सांस्कृतिक प्रक्रिया पुरा गर्न अनुमती दिइएको छ ।

बैबाहिक कार्यक्रम गर्दा सामाजिक दुरी कायम गर्नु पर्ने, ५० जना भन्दा बढी सहभागी हुन नपाउने, मास्क र पञ्जा लगाउनु पर्नेलगायतका आधारभूत स्वास्थ्य सतर्कता भने अपनाउनै पर्ने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् ।

बैबाहिक कार्यक्रममा सहभागी एक जनाले भने, “हामीले सरकारको निर्देशन र मापदण्डलाई ख्याल गरेर नै २५ जनालाई मात्रै विवाहमा ल्याएका छौँ ।”

बैबाहिक जीवन शुरु गर्न लागेका अधिकांश बेहुला बेहुलीहरुले पनि मास्क लगाएका थिए भने अन्य सहभागीलाई अनिवार्य नै गरिएको थियो ।
बैबाहिक कार्यक्रममा गर्भवती, ६५ बर्षभन्दा माथिका बृद्धबृद्धा र १० बर्षभन्दा साना बालबालिकालाई सहभागी गराउन नपाइने व्यवस्था पनि गरिएको छ ।

विवाह गरिएको ठाउँमा सेनिटाइजरको पर्याप्त उपलब्धता र प्रयोग हुनु पर्ने र थर्मल गन मार्फत सबैको ज्वरो नाप्ने व्यवस्था पनि गर्नु पर्ने सरकारले जारी गरेको निर्देशिकामा उल्लेख गरिएको छ ।

सरकारले तय गरेका मापदण्डहरुलाई अबलम्बन गर्दै धेरै जोडीले लकडाउनका बेलामा पनि बैबाहिक जीवन शुरु गरेका हुन् । उनीहरुको बैबाहिक कार्यक्रमलाई अन्य अवस्थाको भन्दा फरक मानिएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ७ : १८ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ