रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा « Khabarhub

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।

साविक विजेता बार्साले मंगलबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओमाथि १-० को जित हासिल गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा इभान राकीटिचले दोस्रो हाफको मध्यतिर गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

बार्सिलोनाले लगातार बल पोसेसन राख्दै दबाब बनाएपछि बिल्बाओको रक्षात्मक रणनीति तोड्न हम्मेहम्मे परेको थियो । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

राकीटिचले खेलको ७१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । लिओनेल मेस्सीले पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गर्न खोजेको बल डिफेनडरलाई लाग्दै फुस्किएपछि राकीटिचले पहिलो टचमा नै गोल गरेका थिए ।

राकीटिचले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेको ६ मिनेटपछि नै गोल गरेका थिए । सो गोल नै निर्णायक बनेको थियो ।

यस जितसँगै बार्सिलोनाले लिगको शीर्षस्थानमा ३ अंकको अग्रता बनाएको छ । बार्सिलोनाको ३१ खेलमा ६८ अंक रहेको छ ।

दोस्रो स्थानको रियल म्याड्रिडको ३० खेलमा ६५ अंक छ । रियलले बुधबार घरेलु मैदानमा मालोर्काविरुद्ध जित दर्ता गरे शीर्षस्थानमा उक्लनेछ । बिल्बाओ भने ३१ खेलमा ४२ अंकसहित दशौं स्थानमा छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ६ : २४ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना