पेटभित्रै बच्चा मरेको गर्भवतीको हेलिकोप्टरबाट उद्धार | Khabarhub Khabarhub

पेटभित्रै बच्चा मरेको गर्भवतीको हेलिकोप्टरबाट उद्धार


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – पेटभित्रै बच्चा मरेपछि सिकिस्त बिरामी बनेकी केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित मामातिमकी १९ वर्षीया मन्दिरा विश्वकर्मालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ ।

सुत्केरी व्यथाले च्यापेपछि सोमबार राति जिल्ला अस्पताल खोटाङमा भर्ना भएकी मन्दिराको गर्भमा रहेको बच्चा पेटभित्रै मरेको थाहा भएपछि थप उपचारका लागि मङ्गलबार मध्याह्न हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौँ पठाइएको हो ।

सुत्केरी व्याथाले च्यापेर सिकिस्त बिरामी बनेकी मन्दिराको रक्तस्रावसमेत भइरहेकाले थप उपचारका लागि रिफर गरिएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा नारायण बरालले बताए ।

“सोमबार राति अबेर अस्पताल ल्याइएकी मन्दिराको बाटैमा पेटभित्र रहेको बच्चा मरिसकेको अनुमान गरिएको छ”, उनले भने, “ढिलोगरी अस्पताल ल्याइएकी मन्दिराको रक्तस्राव भइरहेकाले आमाको समेत ज्यान जोखिममा पर्नेहुँदा थप उपचारका लागि काठमाडौँको थापाथलीस्थित प्रसूतिगृह रिफर गरिएको हो ।”

दोस्रो पटक गर्भवती भएकी मन्दिरालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तरगत ग्राण्डी अस्पतालको हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौँ पठाइएको जनाइएको छ ।

मन्दिराको उद्धार, उपचारलगायत सबै खर्च राष्ट्रपति महिला उत्थान कार्यक्रमले व्यहोर्ने सांसद विशाल भट्टराईले बताए । “मौसम प्रतिकूलताका बाबजुद मन्दिरालाई हेलिकोप्टरमार्फत उद्धार गर्न सफल भइएको छ”, उनले भने, “काठमाडौँ अवतरण हुनासाथ अस्पताल भर्ना गरेर उपचार शुरु गरिएकी मन्दिराको स्वास्थ्यमा समेत क्रमिक सुधार आएको पाइएको छ ।”

केही दिनदेखि लगातार परिरहेको वर्षा र बाक्लो हुस्सुका कारण समयमा हेलिकोप्टर अवतरण गर्न नसक्दा सुत्केरीको उद्धारमा ढिलाइ भएको जनाइएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत मन्दिरासँगै हालसम्म जिल्लाका चार जना सुत्केरीको हेलिकोप्तरमार्फत उद्धार गरिसकिएको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ९ : २४ बजे

फुटिसकेपछि एकताको आवश्यकता याद गर्नु वाहियात : गोकुल बास्कोटा

काठमाडौं– नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले फुटिसकेपछि एकताको आवश्यकता

आईसीसी विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र अमेरिका खेल्ने

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलामा आज

माओवादी सचिवालय बैठक बस्दै, एकीकृत समाजवादीसँग एकताबारे छलफल गर्ने 

काठमाडौं– नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बस्दैछ

पानी पर्न रोकिए आइतबारदेखि नै लाइसेन्स छापिने

काठमाडौं- वि.स. २०८१ मा सुरक्षण मुद्रणसम्बन्धी ऐन लागू भएपछि सरकारले सरकारी

भारत–नेपाली स्टार्टअप नेटवर्क सुरु, नेपाली उद्यमीका लागि नयाँ अवसर

काठमाडौ‌– भारत र नेपालका स्टार्टअपबीचको सहकार्य सुदृढ गर्न नयाँ सीमापार