फोहर फाल्नेको जानकारी दिनेले पुरस्कार पाउने | Khabarhub Khabarhub

फोहर फाल्नेको जानकारी दिनेले पुरस्कार पाउने


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- तुलसीपुर उपमहानगरपालिकाले फोहर गर्ने व्यक्तिको विवरण दिनेलाई पुरस्कार दिने नीति ल्याएको छ ।

उपमहानगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रममा फोहर गर्ने व्यक्तिको तस्वीर र भिडियोसहितको विवरण राखी जानकारी दिने व्यक्ति वा संस्थालाई पुरस्कार प्रदान गरिने उल्लेख छ ।

जथाभाबी फोहर फाल्दा बजारको फोहर बाढीले बगाएर किसानको खेतबारीमा पुर्‍याउँदा खेती गर्न समस्या हुने र उत्पादन घट्ने समस्या देखिएपछि नगरपालिकाले यस्तो नीति बनाएको नगर प्रमुख घनश्याम पाण्डेले बताए ।

त्यस्तै फोहोर गर्ने व्यक्तिलाई आवश्यक कारबाही गरिनाका साथै फोहोर गर्नेले मोहर तिर्नुपर्छ भन्ने अवधारणा लागु गरिने छ । टोल विकास संस्थालाई आफ्नो टोल आफैँ सफा राखौँ अभियानमा सहभागी गराउँदै ग्रिन तुलसीपुर, क्लिन तुलसीपुर अभियानलाई नगरका सबै क्षेत्रमा विस्तार गरिने तथा बेवारिसे शव र मरेका चौपायाको तत्काल व्यवस्थापन गरिने नीति सार्वजनिक गरिएको छ ।

फोहोर मैला संकलन तथा सरसफाइमा खट्ने कर्मचारीको स्वास्थ्य परीक्षणलगायत अन्य सुरक्षा मापदण्ड अपनाइने र सरसफाइ तथा फोहोर मैला व्यवस्थापनमा टोल विकास संस्था, निजी क्षेत्र सहकारी र समुदायबीच सहकार्य गरिनेछ ।

त्यसैगरी स्थायी ल्याण्डफिल साइटको व्यवस्था गरिने नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । बजारमा प्लाष्टिक झोलामा कडाइ गरेको उपमहानगरपालिकाले नगर क्षेत्रभित्र २० माइक्रोनभन्दा कमको प्लाटिक झोला प्रयोगमा निषेध गर्ने नीति तथा कार्यक्रममा ल्याएको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  १ : ०१ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार