किन छुटेको थियो सुशान्त र अंकिता लोखन्देको सम्बन्ध ? « Khabarhub

किन छुटेको थियो सुशान्त र अंकिता लोखन्देको सम्बन्ध ?


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – केही समयअघि भारतीय अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरे । उनको आत्महत्याले बलिउड स्तब्ध बनेको छ । साथै बलिउडमा नातावाद हाबी भएको भन्दै बहस पनि शुरु भएको छ ।

यतिबेला सुशान्त सिंहको जीवनमा आएकी अंकितासँगको सम्बन्धको पनि बलिउडमा चर्चा हुन थालेको छ । यी दुईको भेट टिभी धारावाहिक पवित्र रिस्ताको छायांकनका दौरान भएको थियो । दुवै छिट्टै नजिक भए सुशान्तको कुराकानी अंकितालाई मन पर्न थाल्यो । सुशान्त पनि अकिंतातर्फ आकर्षित भए ।

मित्रता प्रेममा बदलिन धेरै समय लागेन । दुवैले एकअर्कालाई मन पराउन थाले । टिभी शो पनि सुपरहिट भयो ।

यी दुईले आफ्नो सम्बन्धको बारेमा धेरै खुलासा गरेनन् । न त लुकाए नै । साथै घुम्ने, छुट्टी मनाउने र रमाइलो गर्ने गरेका तस्वीर पनि शेयर गरे ।

फ्यानबीच चर्चा चल्न थाल्यो कि, यी दुई कहिल्यै छुट्ने छैनन् । यी दुई ६ वर्ष सँगै रहे ।

अचानक सन् २०१६ मा यी दुईको सम्बन्धमा खटपटी आउन थाल्यो । पछि यी दुई अलग भए । फ्यानलाई अझै पनि लागिरहेको थियो, प्रेममा खटपट हुन्छ । फेरि नजिक हुनेछन् । तर, त्यस्तो भएन ।

सुशान्तले आफ्नो करिअरलाई महत्त्व दिन चाहन्थे । उनी मान्थे कि, बिहे ग¥यो भने काममा ध्यान जाने छैन । सहमतिमा नै यी दुई छुट्टिए ।

अंकितासँग अलग भएपछि सुशान्तको नाम कृति सेनन, सारा अली खान र रिया चक्रवर्तीसँग पनि जोडियो । यी सम्बन्धले पहिलेको जस्तो चर्चा कमाएनन् ।

सुशान्तका साथीले उनले चोखो माया अंकितासँग गरेको दाबी गर्छन् । यदि अंकिता भएको भए सुशान्तलाई सम्हाल्ने साथीहरु दाबी गर्छन् ।

अकिंताको घरमा अझै पनि नेमप्लेट छ, जुन उनले सुशान्तसँग बनाएकी थिए । दुवैको नाम उक्त नेमप्लेटमा लेखिएको छ । अंकितालाई सधै लागेको थियो कि, एकदिन सुशान्त फेरि आफ्नो जिन्दगीमा आउनेछन् ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ३ : ५१ बजे

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका