काठमाडौं उपत्यकामा थपिए २ जना कोरोना संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा थपिए २ जना कोरोना संक्रमित


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि गरेका हुन्।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा गौतमले काठमाडौँका १ र भक्तपुरका १ जनामा कोरोना पुष्टि भएको बताएका हुन् ।

काठमाडौँका संक्रमित पुरुष र भक्तपुरकी संक्रमित महिला रहेको प्रवक्ता गौतमले जानकारी दिए।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६८२८ आरटीपीसीआर परीक्षण गरिएकोमा ६२९ जनामा कोरोना पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा निको भएर घर फकनेमा ८ र पुरुष १०६ गरी ११४ जना रहेको प्रवक्ता गौतमले बताए।

योसँगै नेपालमा उपचारपछि १९७ र २ हजार १४१ गरी २ हजार ३३८ जना निको भएर घर फर्किसकेका छन्। अहिलेसम्म मृत्यु भएको २४ जनामा कोरोना पुष्टि भएको छ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ५ : ०१ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग