मेलम्चीकाे पानी असार मसान्तमा सुन्दरीजलसम्म आइपुग्छ : मन्त्री मगर « Khabarhub

मेलम्चीकाे पानी असार मसान्तमा सुन्दरीजलसम्म आइपुग्छ : मन्त्री मगर


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले असार मसान्तसम्ममा मेलम्चीको पानी सुन्दरीजलसम्म आइपुग्ने बताएकी छिन् ।

प्रतिनिधि सभाको विकास तथा प्रविधि समिति बैठकमा मन्त्री मगरले भौतिक निर्माणतर्फ एक प्रतिशतमात्रै काम बाँकी रहेको उल्लेख गर्दै असार मसान्तमा सुन्दरीजलमा पानी आइपुग्ने बताएकी हुन् । अस्थायी डाइभर्सनकाे लागि आवश्यक भौतिक पूर्वाधारको काम ९९ प्रतिशत सकिएको उनको भनाइ छ ।

उनले भनिन्, ‘असारसम्म भौतिक काम सम्पन्न हुन्छ । राष्ट्रिय सभा, प्रतिनिधि सभामा प्रतिबद्धता जनाइसकेका छौँ र नीति तथा कार्यक्रममा पनि यो विषय समेटिएको छ । असार मसान्तमा परीक्षण र नयाँ आर्थिक वर्षमा व्यवस्थित ढङ्गले वितरण प्रक्रिया अगाडि बढ्छ ।’

समिति सभापति कल्याणी कुमारी खड्काले सुन्दरीजलसम्म पानी खसाल्नुले मात्रै आयोजना पूरा नहुने भएकाेले काठमाण्डाैबासीकाे घरघरमा पानी पुर्‍याउने कुरालाई ध्यानमा राख्न मन्त्रालयलाई निर्देशन दिइन् ।

सांसदहरुले खानेपानी आयोजनाको कुल लागत, स्थानीयका समस्या समाधान र कहिलेसम्म पानी काठमाण्डाैमा आइपुग्छ भन्दै प्रश्न गरेका थिए । सांसद बहादुर सिंह लामाले सीएमसी कम्पनीले छोडर गएपछि भएको ४ प्रतिशत कामको लागत कति हो र अब कति लागत लाग्छ भन्दै प्रश्न गर्नुभएको थियो ।

सांसद गणेश पहाडीले सीएमसीले सप्लायर्स र लोकल भेण्डरहरुलाई दिनुपर्ने भुक्तानीकाे विषयमा के भइरहेको छ भन्दै प्रश्न गरेका थिए ।

सांसद रंगमती शाहीले अहिलेसम्म नागरिकले मेलम्चीको पानी किन खान पाएनन् भन्दै प्रश्न गरिन । मेलम्ची आयोजनाका अनुसार अब सुरुङ र पानी प्रशोधन केन्द्रबीचको पाइप जडानको १० प्रतिशत काम बाँकी छ ।

अनुगमन उपकरण जडानतर्फ आपूर्ति र जडानको काम भइरहेको आयोजनाले जनाएको छ ।

 

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ७ : ०२ बजे

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका