मेलम्चीकाे पानी असार मसान्तमा सुन्दरीजलसम्म आइपुग्छ : मन्त्री मगर | Khabarhub Khabarhub

मेलम्चीकाे पानी असार मसान्तमा सुन्दरीजलसम्म आइपुग्छ : मन्त्री मगर


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले असार मसान्तसम्ममा मेलम्चीको पानी सुन्दरीजलसम्म आइपुग्ने बताएकी छिन् ।

प्रतिनिधि सभाको विकास तथा प्रविधि समिति बैठकमा मन्त्री मगरले भौतिक निर्माणतर्फ एक प्रतिशतमात्रै काम बाँकी रहेको उल्लेख गर्दै असार मसान्तमा सुन्दरीजलमा पानी आइपुग्ने बताएकी हुन् । अस्थायी डाइभर्सनकाे लागि आवश्यक भौतिक पूर्वाधारको काम ९९ प्रतिशत सकिएको उनको भनाइ छ ।

उनले भनिन्, ‘असारसम्म भौतिक काम सम्पन्न हुन्छ । राष्ट्रिय सभा, प्रतिनिधि सभामा प्रतिबद्धता जनाइसकेका छौँ र नीति तथा कार्यक्रममा पनि यो विषय समेटिएको छ । असार मसान्तमा परीक्षण र नयाँ आर्थिक वर्षमा व्यवस्थित ढङ्गले वितरण प्रक्रिया अगाडि बढ्छ ।’

समिति सभापति कल्याणी कुमारी खड्काले सुन्दरीजलसम्म पानी खसाल्नुले मात्रै आयोजना पूरा नहुने भएकाेले काठमाण्डाैबासीकाे घरघरमा पानी पुर्‍याउने कुरालाई ध्यानमा राख्न मन्त्रालयलाई निर्देशन दिइन् ।

सांसदहरुले खानेपानी आयोजनाको कुल लागत, स्थानीयका समस्या समाधान र कहिलेसम्म पानी काठमाण्डाैमा आइपुग्छ भन्दै प्रश्न गरेका थिए । सांसद बहादुर सिंह लामाले सीएमसी कम्पनीले छोडर गएपछि भएको ४ प्रतिशत कामको लागत कति हो र अब कति लागत लाग्छ भन्दै प्रश्न गर्नुभएको थियो ।

सांसद गणेश पहाडीले सीएमसीले सप्लायर्स र लोकल भेण्डरहरुलाई दिनुपर्ने भुक्तानीकाे विषयमा के भइरहेको छ भन्दै प्रश्न गरेका थिए ।

सांसद रंगमती शाहीले अहिलेसम्म नागरिकले मेलम्चीको पानी किन खान पाएनन् भन्दै प्रश्न गरिन । मेलम्ची आयोजनाका अनुसार अब सुरुङ र पानी प्रशोधन केन्द्रबीचको पाइप जडानको १० प्रतिशत काम बाँकी छ ।

अनुगमन उपकरण जडानतर्फ आपूर्ति र जडानको काम भइरहेको आयोजनाले जनाएको छ ।

 

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ७ : ०२ बजे

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी– अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको

एलोन मस्कले गरे भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका