अदालतको अवहेलना मुद्दामा जवाफ दिन प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश « Khabarhub

अदालतको अवहेलना मुद्दामा जवाफ दिन प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले कोरोना महामारीका समयमा अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयनका बारेमा जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आदेश दिएको छ ।

बुधबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कोरोना महामारीका समयमा अदालतले दिएका विभिन्न ७ वटा अन्तरिम आदेशको पालना कसरी भइरहेको छ, ती आदेश पालना नगर्न कुनै निर्णय, निर्देशन दियएको हो वा होइन भन्ने विषयमा आफैं वा कानूनी प्रतिनिधिमार्फत जवाफ दिन प्रधानमन्त्रीलाई आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा समेत निवेदक रहेको उक्त मुद्धामा निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता शर्मा र डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्तहरु खगेन्द्र सुवेदी, विष्णु भुसाल, कमल कोइराला, सन्तोष भण्डारीको बहस सुनेपछि सर्वोच्चले दिएको

आदेश यस्तो छ:

“यस निवदेकले यस अदालतबाट कोभिड १९ को सन्दर्भमा नेपालको संविधानको धारा १३३ र सर्वोच्च अदालत नियमावली ४९ समेत बमोजिम जारी भएको मिति २०७७ १ को महिना ५ गते अन्तरिम आदेश अवज्ञा गरेको भन्ने प्रश्न उठाइ विपक्षी उपर अदालतको अवहेलना कारवाही गरि पाउँ भनि निवेदन दिएको देखिँदा उपरोक्ता आदेशमा उल्लेखित विभिन्न ७ वटा अन्तरिम आदेशमो पालना कसरी गरिएको छ ती आदेश पालना नगर्न कुनै आदेश, निर्देशन दिएको हो वा होइन तत्सम्बन्धमा के कसो भएको हो निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुन नपर्ने भए आधार कारण सहित यो आदेश प्राप्त भएका मितिले बाटाका म्याद बाहेक १५ दिन भित्र यस अदालतमा आफै उपस्थित भइ वा आफ्नो कानूनी प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्नु भनि विपक्षीहरुका नाममा यो आदेश र निवेदनको प्रतिलिपी समेत साथै राखी म्याद सूचना पठाइ म्याद भित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु ।”

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ७ : २६ बजे

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको