काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइक पोम्पेओबीच कोरोना महामारी लगायतका विषयमा टेलिफोन संवाद भएको छ ।
परराष्ट्रमन्त्रालयका अनुसार आज दिउँसो विदेशमन्त्री पोम्पेओसँग मन्त्री ज्ञवालीले टेलिफोनमा संवाद गरेका हुन् ।
संवादका क्रममा नेपालमा रहेका अमेरिकी नागरिकलाई नेपाल सरकार गरेको संरक्षणमा विदेशमन्त्री पोम्पेओले प्रसंशा गरे । यसैगरी अमेरिकामा रहेका नेपाली नागरिकलाई कोरोना महामारीको संकटमा गरेको सहयोगप्रति मन्त्री ज्ञवालीले प्रसंशा गरेका थिए ।
अमेरिकाले कोरोना रोकथामका लागि नेपाललाई गरेको सहयोगप्रति मन्त्री ज्ञवालीले आभार प्रकट गरेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया