ललितपुर महानगरपालिकाले १० वटा वडालाई कृषि पकेट क्षेत्र घोषणा गर्ने | Khabarhub Khabarhub

ललितपुर महानगरपालिकाले १० वटा वडालाई कृषि पकेट क्षेत्र घोषणा गर्ने


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा १० वटा वडालाई कृषि पकेट क्षेत्रका रुपमा घोषणा गर्ने भएको छ ।

महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले आज आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वडा नं १८, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९ मा उक्त पकेट क्षेत्र घोषणा गर्ने जानकारी गराए ।

महानगरपालिकाले हाल मुलुकमा दैनिक बढिरहेको कोभिड–१९ का कारण हुनसक्ने खाद्यान्न अभावलाई ध्यानमा राखी यसअघि मल तथा तरकारीको बीउबिजन वडावासीलाई अनुदानमा वितरण गरिसकेको र यी वडा महानगरका अन्य वडाभन्दा खुला र खेतीयोग्य ठाउँरहेका बताइएको छ ।

महानगरपालिकाले घर भएका तर जग्गा जमिन नभएका वडावासीलाई कौशीखेती तथा एभोकाडो,  ड्रयागन फुड र किबीलगायतका फलफूल खेती गर्न प्रोत्साहित गर्नुका साथै महानगरपालिकाभित्र फलफूल तथा तरकारीको बजारीकरणमा प्रवद्र्धन गर्नका लागि चिस्यान केन्द्र स्थापना गर्ने नीति पनि प्रस्तुत गरको छ ।

महानगरभित्रका घरेलु तथा साना उद्योगलाई समेत प्राथमिकतामा राखेर त्यसैअनुसारको कार्यक्रम ल्याउने, कोभिड विशेष नीतिअन्तर्गत आवश्यकताअनुसारको होल्डिङ सेन्टर निर्माण, कोभिड असर न्यूनीकरणका लागि मनोसामाजिक परामर्श, मेलमिलाप सचेतना कार्यक्रम सञ्चालन र कोभिड केन्द्र अस्पतालका रुपमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने प्रमुख महर्जनले बताए ।

महानगरपालिकाले रु चार अर्ब ७९ करोड १५ लाख ६२ हजार ५१५ को बजेट प्रस्तुत गरेको छ ।

गोदावरीको बजेट एक अर्ब ६८ करोड ६५ लाख २२ हजार

गोदावरीको सातौ नगरसभामा आज आगामी आर्थिक वर्षका लागि कूल एक अर्ब ६८ करोड ६५ लाख २२ हजार बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाको कूल बजेटमध्ये आन्तरिक राजस्वतर्फ रु १६ करोड, सङ्घीय सरकार समानीकरण अनुदानतर्फ रु २० करोड २८ लाख, सङ्घीय सरकार राजस्व बाँडफाँटतर्फ रु १० करोड ९६ लाख ५७ हजार २९०, प्रदेश सरकार समानीकरण अनुदानतर्फ रु एक करोड १२ लाख, प्रदेश सरकार राजस्व बाँडफाँटतर्फ रु चार करोड १२ लाख ५० हजार, मालपोत राजस्व बाँडफाँटतर्फ रु २० करोड छ लाख ४२ हजार ७१०, सर्शत अनुदानतर्फ रु ६० करोड २९ लाख ७२ हजार, चालू आवको आय रु ३५ करोड रहेको गरी कूल एक अर्ब ६८ करोड ६५ लाख २२ हजारको आय अनुमान गरेको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए ।

यसैगरी नगरपालिकाको चालूतर्फ रु ९५ करोड २९ लाख ७२ हजार र विकास निर्माणलाई गति दिन पुँजीगत नगरस्तरीय योजनातर्फ रु ३९ करोड ३५ लाख ५० हजार तथा वडास्तरीय योजनातर्फ रु १४ करोड र चालू आवको साविक योजनाका लागि रु २० करोड गरी कूल एक अर्ब ६८ करोड ६५ लाख २२ हजार व्यय रहेको उनले जानकारी दिए।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  १० : ५२ बजे

कांग्रेस कैलालीद्वारा देउवा दम्पतीमाथि भएको आक्रमणको निन्दा

धनगढी– नेपाली कांग्रेस कैलालीले पूर्वप्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा र

मेयरको घर र महानगर कार्यालय जलाउनेमा रास्वपाका दुई सभापति, दुवैजना निलम्बनमा परे

कास्की- पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घरमा आगजनी र तोडफोडमा

फागुन २१ को निर्वाचनमा भाग लिने कांग्रेसको संकेत

काठमाडौं– भ्रष्टाचार र सरकारी बेथितिविरूद्ध जेन–जी पुस्ता सडकमा उत्रिएपछि उत्पन्न

मधेशी आयोगका सदस्य गुप्ताले दिए राजीनामा

काठमाडौं– मधेशी आयोगका सदस्य विजयकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्

मानवअधिकार आयोगका सदस्य ढुंगेलले दिए राजीनामा

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगका सदस्य डा. सूर्यप्रसाद ढुंगेलले राजीनामा दिएका