वीरगञ्जमा मृत्यु भएकी किशोरीमा कोरोना संक्रमण पुष्टि « Khabarhub

वीरगञ्जमा मृत्यु भएकी किशोरीमा कोरोना संक्रमण पुष्टि


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वीरगञ्जको नारायणी कोरोना विषेश अस्पतालमा उपचारत एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

अस्पतालका डाक्टर निरज सिंहका अनुसार बाराकी १७ वर्षीया किशोरीको मृत्यु भएको हो । ती किशोरीको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिए ।

डा सिंहका अनुसार ती किशोरीलाई सुरुमा वीरगञ्ज हेल्थ केयरमा उपचारका लागि लगिएको थियो । हेल्थ केयरले कोरोनाको आशंका गर्दै आरडीटी परीक्षण गर्दा एण्टीबडि पोजेटिभ देखिएपछि हिजो नारायणी कोरोना विषेश अस्पतालमा रेफर गरिएको थियो ।

डा सिंहका अनुसार उनको हिजो नै पीसीआर परीक्षणका लागि नमुना संकलन गरिएको थियो । उनको आज बेलुका मृत्यु भएको र पीसीआर परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको हो ।

“उहाँलाई वीरगञ्ज हेल्थ केयरमा आरडीटी पोजेटिभ देखिएपछि हाम्रो अस्पतालमा हिजो बेलुका ९ बजे भर्ना गरिएको हो, हामीले हिजो नै स्वाब सङ्कलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाएका थियौं,” डा सिंहले खबरहबसँग भने, “उहाँको आज बेलुका मृत्यु भयो, भर्खरै पीसीआर परीक्षणको रिपोर्ट पनि पोजेटिभ आयो ।”

डा सिंहका अनुसार ती किशोरी बाराको परवानीपुर गाउँपालिका-८ की हुन् । डा सिंहका अनुसार बारा र पर्सामा स्थानीयस्तरमा कोरोना संक्रमण भेटिएको छ ।

ती किशोरीलाई झाडापखाला,छारे रोग जस्तै काप्ने समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयले भने उनको कोरोनाका कारण मृत्यु भएको पुष्टि गर्न बाँकी छ ।

अस्पतालले उनको कोरोनाले मृत्यु भएको पुष्टि गरेसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या  ४५ पुगेको छ ।

शुक्रबार मात्रै थप एक जना ८५ वर्षीय महिलाको कोरोनाले मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेसँगै ज्यान गुमाउनेको संख्या ४४ पुगेको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ८ : २४ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा