यूएईमा मृत भेटिएका दुबै नेपालीको पहिचान खुल्यो « Khabarhub

यूएईमा मृत भेटिएका दुबै नेपालीको पहिचान खुल्यो


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाहमा गत अगष्ट ८ मा मृत भेटिएका दुबै जना नेपालीको पहिचान खुलेको छ ।

यूएईस्थित नेपाली दूतावासका अनुसार उनीहरु दुईजनामध्ये एक माेरङका र अर्का तनहुँका रहेका छन् ।

उनीहरुको शव हेर्दा हत्या भएको अनुमान गरिएको छ । घटनाका विषयमा यूएई प्रहरीले अनुसन्धान जारी राखेको छ । हत्याको आशंकामा केहीलाई पक्राउ समेत गरिएको जनाइएको छ ।

मृतकमध्ये एक जना मोरङको बेलबारीका २७ वर्षका किरण गुरुङ हुन् भने अर्का तनहुँका ३६ वर्षीय मंगलराज श्रेष्ठ रहेको दूतावासले जानकारी दिएको हो ।

यसअघि श्रेष्ठको पहिचान खुले पनि गुरुङको पहिचान भने खुल्न सकेको थिएन । गुरुङको मृत्युबारे परिवारले पनि धेरै दिनपछि मात्र थाहा पाएको बताएका छन् ।

प्रारम्भिक अनुसन्धानमा दुई जनाबीच विवाद हुँदा एक अर्काले धारिलो हतियार प्रहार गरी मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

दूतावासका अनुसार श्रेष्ठ र गुरुङको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको पाइएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ७ : ५२ बजे

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौँ– जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका

सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि

निर्वाचन सम्पन्न भएकोमा नेपाललाई चीनको बधाई

काठमाडौँ– चीन सरकारले नेपालमा सङ्घीय संसद् निर्वाचन सम्पन्न भएकोमा बधाई

ट्रम्पद्वारा इरानविरुद्धको सैन्य कारबाही घटाउने संकेत, तेलमाथिको प्रतिबन्धमा अस्थायी खुकुलोपन

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध जारी सैन्य अभियानलाई

ताप्लेजुङको पाथीभरा क्षेत्रमा पाँचौँ पटक हिमपात

ताप्लेजुङ– ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार