पीसीआर मेसिन जडानका लागि एक करोड निकासा | Khabarhub Khabarhub

पीसीआर मेसिन जडानका लागि एक करोड निकासा


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा – कोरोना भाइरस संक्रमण भए नभएको परीक्षणलाई सहज बनाउन पाल्पामा पीसीआर मेसिन जडानका लागि एक करोड रकम निकासा भएको छ ।

जिल्ला अस्पताल पाल्पाले मेसिन खरिद गर्न सक्ने गरी नेपाल सरकारले आवश्यक रकम अस्पतालका नाममा निकासा गरेको छ ।

कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै परीक्षणको दायरा फराकिलो बनाउन जिल्लामा मेसिन जडानका लागि रकम निकासा भएको हो ।

कोरोना संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको यही भदौ २ गते बसेको १०औँ बैठकबाट एक करोड रूपैयाँ निकासा भएको छ ।

जिल्लामै कोरोना भाइरस सङ्क्रमणको पीसीआर परीक्षण गर्ने विधि नहुँदा समस्या परेपछि सरकारसँग माग गरेर मेसिन खरिदका लागि रकम निकासा भएको पाल्पा क्षेत्र नं २ का सांसद् सोमप्रसाद पाण्डेले बताए । सो मेसिन जडानका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा रकम आइसकेको सांसद् पाण्डेले जानकारी दिए ।

मेसिन जडानको प्रक्रिया पूरा गरेर छिट्टै  पीसीआर परीक्षणको सेवा दिइने पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेले बताए । उनका अनुसार जिल्ला समन्वय समिति पाल्पाको काजीपौवामा रहेको भवनमा पीसीआर मेसिन राख्नका लागि भौतिक पूर्वाधार तयार गरिएको छ ।

जिल्लामा पीसीआर परीक्षण गर्ने विधि नहुँदा प्रादेशिक प्रयोगशाला भैरहवामा स्वाब सङ्कलन गरी पठाउने गरिएको छ । स्वाव सङ्कलन गरेर पठाए पनि समयमा नै रिपोर्ट नआउँदा लामो समयसम्म नतिजाको पर्खाइमा बस्नुपर्ने बाध्यता थियो ।

पीसीआर मेसिन सञ्चालनमा आए पाल्पासँगै गुल्मी, अर्घाखाँचीलगायत जिल्लाको स्वाब परीक्षणमा सहज हुनेछ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ९ : २६ बजे

पक्राउ परेको केही घण्टामै हाजिरी जमानीमा छुटे एमाले नेता ऐन महर

काठमाडौँ- प्रमुख सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी

‘रुबीकुमारीको हत्या’पछि आत्मदाह प्रयास गर्दा जलेका लक्ष्मणको पनि मृत्यु

काठमाडौँ- सुटकेसमा प्याक गरिएको अवस्थामा भेटिएकी रुबीकुमारी साह हत्याकाण्डका मुख्य

दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय 

काठमाडौं– सरकारले सात दिनभित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्ने निर्णय गरेको

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति र उपराष्ट्रपति भेट्ने, यी हुन् भ्रमण टोलीका सदस्य  

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन जाने भएका छन्