कोरोना संक्रमितलाई लगाइने इन्जेक्सनमा कालोबजारी गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ « Khabarhub

कोरोना संक्रमितलाई लगाइने इन्जेक्सनमा कालोबजारी गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा-  कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने इन्जेक्सन कालोबजारी गरेको आरोपमा प्रहरीले एक स्वास्थ्यकर्मीलाई वीरगञ्जबाट पक्राउ गरेको छ ।

रेम्डेशिभिर नामक इन्जेक्सनको कालोबजारी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित वीरगञ्जका विभिन्न अस्पतालमा काम गर्दै आएका स्वास्थ्यकर्मी ताहिर अन्सारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

अन्सारीसँगै भारत रक्सौलका एक पुरुष पनि पक्राउ परेका छन् । शनिबार राति पक्राउ परेका अन्सारीले दिएको वयानका आधारमा रक्सौलका एक पुरुषलाई वीरगन्जको इनर्वाबाट आइतबार साँझ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरूले कोरोना संक्रमितका परिवारजनलाई रेम्डेशिभिर नामक इन्जेक्सन साढे २८ देखि ३३ हजार रूपैयाँ लिएर विक्री गरेको प्रहरीको दाबी छ ।

नेपाल सरकारले उक्त खोपको अधिकतम मूल् ७ हजार ६ सय रुपैयाँ तोकेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  १० : ४६ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा