निषेध आदेशको पाचौँ दिन यस्तो देखियो भक्तपुर (फोटोफिचर) | Khabarhub Khabarhub

निषेध आदेशको पाचौँ दिन यस्तो देखियो भक्तपुर (फोटोफिचर)



काठमाडौँ – कोरोना भाइरसको महामारी बढेपछि मुलुकभरका ४८ जिल्लामा अनेकखाले प्रतिबन्ध लगाइएको छ ।

कतै पूर्ण त कतै आंशिक निषेधाज्ञाका कारण सडक सुनसान छ । काठमाडौँ उपत्यकाका तीन वटै (काठमाडौँ, भक्तपुर र ललितपुर)जिल्ला प्रशासन कार्यालयहरूले संयुक्त रूपमा निषेध आदेश जारी गरेको सोमबार पाचौँ दिन ।

भाद्र १० गते मध्यारातिसम्मका लागि गरिएको निषेध आदेशले सबै क्षेत्र सुनसान छ । मुलुककै सबैभन्दा बढी जनघनत्व भएको काठमाडौँ उपत्यका निषेध आदेशपछि बन्द भएको यातायात र ठप्प भएको मानिसको चहलपहलले  सुन्दर र शान्त देखिएको छ ।

विश्व सम्पदा सूचिमा रहेका काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमध्यको भक्तपुर दरबार स्क्वायर लगायतका क्षेत्र चकमन्न छन् ।

९ तस्वीरमा  नियाल्नोस् निषेध आदेशपछिको भक्तपुर ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ११ : ३० बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको