काठमाडौंका मेयरलाई भेटेर गगनले भने – नागरिकको सुरक्षा हामी सबैको पहिलो प्राथमिकता हो « Khabarhub

काठमाडौंका मेयरलाई भेटेर गगनले भने – नागरिकको सुरक्षा हामी सबैको पहिलो प्राथमिकता हो


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई भेटेर कोरोना संक्रमण रोक्न कन्ट्याक्ट ट्रेसिङ, परीक्षण र आइसोलेसन लगायतको प्रभावकारी व्यवस्थापन गर्न आह्वान गरेका छन् ।

काठमाडौं उपत्याकामा संक्रमण बढेको र त्यसको प्रभावकारी व्यवस्थापन हुन नसकेको भन्दै नेता थापाले सांसदहरुसँगै जनप्रतिनिधिहरुसँग समेत समन्वय गर्न सुझाव दिएका हुन् ।

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले आइतबार महानगरका मेयर शाक्य र महानगरका स्वास्थ्य शाखाका प्रमुखलाई भेटेर ६ बुँदे सुझाव दिँदै वडास्तरमै परीक्षणको दायरा बढाउन समेत माग गरेका छन् ।

‘तपाईं सफल हुनु भनेको हामीले प्रतिनिधित्व गर्ने नागरिक सुरक्षित हुनु हो , त्यसैले नियमित रूपमा समन्वय गर्नुहोस्,’ थापाले भनेका छन् ।

यस्ता छन् सांसद थापाले दिएका सुझाव

१. काठमाडौँबाट प्रतिनिधित्व गर्ने संघीय र प्रादेशिक जनप्रतिनिधिसंग नियमित संवाद र समन्वय गरी आवश्यक सहयोग लिनुस् । हामी सँगै काम गर्न चाहन्छौं। तपाईं सफल हुनु भनेको हामीले प्रतिनिधित्व गर्ने नागरिक सुरक्षित हुनु हो , त्यसैले नियमित रूपमा समन्वय गर्नुहोस् ।

२. महानगरभित्र कन्ट्याक्ट् ट्रेसिङ ढिला छ, त्यसमाथि साँघुरो रहेको छ, जसले हामीलाई झन् समस्याग्रस्त बनाउँछ। यसलाई चुस्त बनाउन अहिलेको जनशक्ति अपुग हुन्छ। यसलाई प्रभावकारी र चुस्त बनाउन तथा आवश्यक जनशक्ति थप गर्न।

३. कन्ट्याक्ट् ट्रेसिङबाट आएकाको पनि परीक्षण भइरहेको छैन। यी सबैको टेस्ट वार्डरटोलमै गर्ने व्यवस्था मिलाउन र परीक्षणको मात्रा बढाउन तथा व्यवस्थित बनाउन।

४. अस्पतालको तयारी र व्यवस्थापन संघीय सरकारको दायित्व हो तर आइसोलेसनको जिम्मा स्थानीय सरकारले गर्नुपर्छ । काठमाडौँका अन्य नगरपालिकासंग सहकार्य गरी तत्काल मापदण्ड बमोजिमका सामुदायिक आइसोलेसन सेन्टरहरू कुनै प्रयोगमा नआएको भवनहरू लिएर तत्काल सुचारु गर्न।

५. खाद्यान्न पसल दिनको १(२ घण्टा मात्र खोल्न दिंदा झन् भिडभाड बढ्ने हुन्छ। त्यसैले पसल बिहान ६ देखि राति ८ सम्म खोल्नुपर्ने, सामान किन्न स्थानीय तहले एक घर एक पासको व्यवस्था गर्ने जसले गर्दा घर पिच्छे सामान पनि पाइन्छ र भिड पनि नहुने हुन्छ।

६. कोरोना संक्रमण संग जोडिएका विभिन्न सुचनाहरुलाई लिएर नगरवासी अलमलमा परेका छन्।नगरवासी अलमलमा परेका छन्। नगरवासीलाई अलमल नहोस् भन्नको लागि नागरिकलाई स्वास्थ्य लगायत कुनै पनि अफ्ठ्यारो पर्दा सम्पर्क र समन्वय गर्न वडा अनुसार निश्चित संयन्त्र बनाउन र सो को प्रभावकारी सम्प्रेषण गर्न ।

उच्च जोखिममा रहेको काठमाडौँलाई दुर्घटनाबाट बचाउन महानगरपालिकाले लिने अग्रसरता र प्रभावकारी व्यवस्थापन महत्त्वपूर्ण छ। हामी सबै सहयोग गर्न तयार छौँ । सबै तह र निकायसँग समन्वय गर्नुहोस्। महानगरको संरचनालाई गतिशील बनाउनुहोस् । आवश्यक स्रोत र जनशक्ति परिचालन गर्नुहोस् । नागरिकको सुरक्षा नै हामी सबैको पहिलो प्राथमिकता हो ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  १२ : २० बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त