दीपेन्द्रको ‘चिसो मान्छे’ मा स्वस्तिमा खड्का ! « Khabarhub

दीपेन्द्रको ‘चिसो मान्छे’ मा स्वस्तिमा खड्का !


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ओझेलमा परेका कथा भन्न रुचाउने निर्देशन दीपेन्द्र के खनाालले हालै फिल्म ‘चिसो मान्छे’ निर्माणको घोषणा गरेका छन् । फिल्ममा खनालको लेखन तथा निर्देशन रहनेछ ।

शर्मिला पाण्डेले निर्माण गर्ने यो फिल्मको यतिबेला स्क्रिप्टमा काम भइरहेको छ । फिल्मलाई सुदूरपश्चिमका विभिन्न भेगमा छायांकन गरिने जनाइएको छ ।

फिल्ममा सुदूरपश्चिम भेगको परिवेश र लबज प्रयोग गर्नुपर्ने भएकाले थप तयारी गर्नुपर्ने निर्माण टिमले बताएको छ ।

अहिलेसम्म फिल्ममा कलाकार को हुने भन्ने अझै तय भएको छैन । यद्यपि फिल्ममा स्वस्तिमा खड्का चयन भइसकेको खबर छ ।

स्रोतका अनुसार फिल्मको शीर्ष भूमिकाका लागि स्वस्तिमासँग एक चरणको कुराकानी भइसकेको छ । स्वस्तिमाले पनि फिल्मप्रति चासो देखाएको बताइएको छ ।

लकडाउनका कारण स्वस्तिमासँगको छलफल अझै टुंगोमा पुगेको छैन ।

स्वस्तिमाले फिल्म ‘बुलबुल’ बाट चौतर्फी तारिफ कमाएकी थिइन् । उक्त फिल्मपछि उनले अभिनय गरेका कुनै पनि फिल्मले सोचेजस्तो सफलता हात पार्न सकेनन् ।

दीपेन्द्र नेपालका राम्रा निर्देशकमध्ये गनिन्छन् । ‘चिसो मान्छे’ स्वस्तिमाको काम कस्तो हुनेछ, त्यो भने हेर्न बाँकी छ । यो फिल्मको आगामी वर्ष भदौ ११ गतेलाई रिलिज मिति तोकिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  २ : ४३ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी

मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता