महाकवि देवकोटा संग्रहालयलाई बजेट अभाव हुन नदिने प्रधानमन्त्री ओलीको प्रतिबद्धता  | Khabarhub Khabarhub

 महाकवि देवकोटा संग्रहालयलाई बजेट अभाव हुन नदिने प्रधानमन्त्री ओलीको प्रतिबद्धता 


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलयलाई बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित ‘कविकुञ्ज’ मा स्थापना हुने ‘महाकवि देवकोटा संग्रहालय’ को विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउन नेपाल प्रज्ञा –प्रतिष्ठानलाई आग्रह गर्दै उनले बजेट अभाव हुन नदिने बताएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलाई प्रधानमन्त्री ओलीले कोरोना महामारीका कारण तत्काल बजेट निकासा नभए पनि सो कार्यक्रमलाई स्रोत अभाव हुन नदिने जनाएका हुन् ।

भेटमा अर्थमन्त्री डा.युवराज खतिवडालाई प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवकै परियोजनालाई आवश्यक बजेटको व्यवस्था गर्न निर्देशन दिनुभएको कुलपति उप्रेतीले जानकारी दिए ।

विसं २०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले महाकवि देवकोटाको जीर्ण जन्मघरलाई सङ्ग्रहालय बनाइने घोषणा गरेका थिए ।

नेपाल सरकारको निर्णयानुसार कानूनतः १२ आना एक दाम क्षेत्रफलको जग्गाको हक प्रज्ञा–प्रतिष्ठानलाई हस्तान्तरण भइसकेको छ ।  सङ्ग्रहालय चार तलाको हुने छ ।

जीर्ण रहेको उक्त घरलाई प्रधानमन्त्रीको इच्छानुसार पुरानै ढाँचामा सबलीकरण गरी निर्माण गर्नका लागि विज्ञसँग परामर्श गरी प्रतिष्ठानले डिपिआर बनाउने भएको छ ।

कुलपति उप्रेतीले भने, ‘भवनमा देवकोटाको समग्र इतिहास झल्काउने कोशिश गरिनेछ ।’

संग्रहालयको भुइँतलामा श्रव्यदृश्य कक्ष हुनेछ जहाँ प्रवेश गर्ने जो कोहीले पनि महाकवि देवकोटालाई सशरीर पाएको अनुभूति गर्न सक्नेछन् ।

भवनको दोस्रो तलामा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका साम्रगी रहनेछन् । देवकोटाले प्रयोग गरेका खाट, पानी खाने भाँडो, चुरोटको धुलो राख्ने एस्ट्रे, विभिन्न चित्र, मन्त्री भएका बेलाको दस्तावेज, चित्र, तस्वीर, उहाँले प्रयोग गरेका वस्त्र तथा जुत्ता आदि हुनेछन् ।

संग्रहालयको तेस्रो तलामा महाकवि देवकोटाले लेख्नुभएका साहित्यिक सिर्जनाका पाण्डुलिपि र विदेशी लेखकले लेखेका पुस्तक माइक्रोफिल्मिङ गरी अध्यावधिक गरिनेछ तथा चौथो तलामा देशविदेशका आगन्तुक आएर छलफल तथा अन्तरक्रिया गर्न सक्नेछन् ।

कुलपति उप्रेतीले सरकारबाट आवश्यक बजेटको व्यवस्था हुनासाथ युद्धस्तरमा दुई वर्षभित्र प्रयोगमा ल्याउने गरी सङ्ग्रहालय निर्माणलाई अगाडि बढाइने बताए । डिल्लीबजारमा जन्मिएका देवकोटा पछि मैतीदेवीमा सरेका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ३ : ०४ बजे

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’ को प्रदर्शनी   

काठमाडौं– एलजी नेपालले ‘एफेक्सनेट इन्टेलिजेन्स ‘अभियान प्रस्तुत गर्न लागेको छ ।

कालीकोटको दलित बस्तीमा पुग्यो खानेपानी

मान्म– कालीकोटको रास्कोट नगरपालिका–३ का दलित बस्तीमा एक घर एक

सम्भावित विपद् प्रतिकार गर्न सरकार तयारी अवस्थामा छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखकले मनसुनको समय भएको र जुनसुकैबेला पनि

सवा लाख नेपाली कडा लागुऔषध दुर्व्यसनी !

काठमाडौँ – आज अन्र्तराष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस,

संघीय बजेटमा मधेशमाथि विभेद गरियो : नैनसिंह महर

वीरगन्ज– नेपाली कांग्रेसका नेता नैनसिंह महरले देशको अर्थतन्त्रमा सर्वाधिक योगदान