साढे ६ किलो अफिमसहित दुई पक्राउ « Khabarhub

साढे ६ किलो अफिमसहित दुई पक्राउ


८ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिबन्धित लागूपदार्थ अफिमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका लोलाङ हाइटबाट साढे ६ किलाेग्राम अफिमसहित उनीहरुलाई पक्राउ गरेको हो।

महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–१ जाजरकोटका २२ वर्षीय दिलीप विश्वकर्मा र दोलखा भीमेश्वर नगरपालिका–६ की १८ वर्षीय प्रमिला राउत छन्।

उनीहरूले प्रहरीलाई बरामद अफिम जाजरकोटबाटै प्रतिकेजी एक लाख ५० हजारका दरले किनेर ल्याएको बयान दिएका छन्।

काठमाडौंमा ल्याएर आठ लाख प्रतिकिलोका दरले अफिम बिक्री गर्न लागिएको अवस्थामा पक्राउ गरिएको थापाले जानकारी दिए। पक्राउ परेका विक मुख्य अभियुक्त रहेको र उनले कारोबारमा शंका हुने देखेर बच्न राउतलाई साथमा लिएको आशंका प्रहरीले गरेको छ।

राउतले विकलाई आफूले दाइ मानेर तिहारमा टीका लगाइदिने गरेको बताएकी छन्। प्रहरीले अफिम खरिद गर्न आउने गिरोहको खोजी भइरहेको जनाएको छ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ५ : ५३ बजे

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच