विदेशमा अलपत्र नेपाली ल्याउन मंगलबारबाट उद्धार उडान  « Khabarhub

विदेशमा अलपत्र नेपाली ल्याउन मंगलबारबाट उद्धार उडान 


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा रहेको सीससीएमसीको निर्देशनपछि बन्द भएको उद्धार उडान मंगलबारबाट सुरु हुने भएको छ।

गत सोमबार सीसीएमसी बैठकले काठमाडौंमा क्वारेन्टाइन अभाव भएको भन्दै पाचौं चरणको उद्धार उडान बन्द गर्न परराष्ट्र र नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाई रद्द गरेको थियो ।

सरकारले शर्तसहित उद्धार उडान सुरु गर्ने तयारी गरिरहँदा मंगलबारबाट पुनः उडान गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

नेपाल आउने यात्रुले अनिवार्य रूपमा पीसीआर परीक्षण गरेको र त्यसको रिपोर्ट नेगेटिभ आएकै हुनुपर्ने छ। उडान हुने समयभन्दा ७२ घण्टाअघि आएको रिपोर्टमात्र मान्य हुने व्यवस्था छ।

नयाँ कार्यतालिका अनुसार मंगलबार एयर अरेबियाले सारजाँबाट काठमाडौंका लागि उडान गर्ने भएको छ। यस्तै दुबईबाट फ्लाई दुबईले बुधबार काठमाडौंका लागि उडान भर्ने भएको छ।

अगस्ट २७ मा रियाद गएर नेपाल एयरलाइन्स आउने छ। यस्तै सोही दिन हिमालयन एयरलाइन्सले पनि दमामबाट नेपालीहरुको उद्धार गर्ने छ। सोही दिन टर्किस एयरलाइन्सले इस्तानबुलबाट बढीमा एक सय जना मात्र यात्रु लिएर नेपाल आउने छ।

अगस्ट २८ मा नेपाल एयरलाइनन्सले क्वालालम्पुरबाट, हिमालयनले पनि क्वालालम्पुरबाटै र कतार एयरलाइन्सले दोहाबाट उद्धार उडान भर्ने छ।

अगस्ट २९ मा सिल्क एयरले अस्ट्रेलियाबाट, कोरियनले कोरियाबाट उद्धार उडान गर्नेछ। अगस्ट ३० मा नेपाल एयरलाइन्स र हिमालयनले क्वालालम्पुरबाट उडान भर्ने छन्। यस्तै सोही दिन मालिन्दो एयरले मलेसियाबाट नेपालीको उद्धार उडान गर्ने तय गरिएको प्राधिकरणले जनाएको छ ।

अगस्ट ३१ मा दुबईबाट नेपाल एयरलाइन्स र हिमालयनले आबुधाबीबाट उद्धार उडान भर्ने छ। सेप्टेम्बर १ मा भने कतार एयरलाइन्सले दोहाबाट २ उडान र कुवेत एयरले कुवेतबाट एक उडान भर्ने तय भएको हो।

वायुसेवा कम्पनीले विदेशी नेपाली नियोगसँगको सहकार्यमा मात्र नेपालीलाई ल्याउन पाउने तर टिकटको व्यवस्था भने कम्पनीले नै गर्नुपर्ने समेत स्पष्ट पारिएको छ।

सरकारले भदौ १५ पछि नियमित उडान गरी विदेशमा अप्ठ्यारोमा परेका नेपाली ल्याउने तयारी गरिरहेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दैनिक ५ सय यात्रुसम्म ल्याउनसक्ने गरी उडान तालिका निर्माण गरिरहेको छ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ६ : ११ बजे

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : महासचिव पोखरेल

देउखुरी– एमाले महासचिव शंकर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र

पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

काँक्रेविहार– पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ : आकर्षक छुटदेखि लाइफ टाइम निःशुल्क चार्जिङसम्म

काठमाडौं– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित