अफगानिस्तानको तालिवान टोली वार्ताका लागि पाकिस्तानमा « Khabarhub

अफगानिस्तानको तालिवान टोली वार्ताका लागि पाकिस्तानमा


८ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद – अफगानिस्तानको शान्ति प्रक्रियालाई अगाडि बढाउनका लागि तालिवान विद्रोहीहरुको टोली पाकिस्तान आइपुगेको छ ।

पाकिस्तानी नेतृत्वसँग छलफल गर्नेगरी टोली पाकिस्तान आएको स्थानीय सञ्चार माध्यमहरुले सोमबार समाचार सम्प्रेषण गरेका छन् ।

पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता जाहिद हफिज चौधरीले भने, “तालिवान विद्रोहीहरुको प्रतिनिधि मण्डललाई अफगानिस्तानको शान्ति प्रक्रिया अगाडि बनाउनेगरी छलफल गर्न बोलाइएको हो ।”

उच्चस्तरीय सो टोलीको नेतृत्व तालिवान विद्रोही समूहका राजनीतिक विभाग प्रमुख मुल्लाह अब्दुल घानी बाराडरले गरेको जनाइएको छ ।

उनीहरुलाई पाकिस्तानको विदेश मन्त्रालयका अधिकारीहरुले नै बोलाएको र पाकिस्तानको उच्च राजनीतिक तहमा भेटघाट गराउने योजना रहेको छ ।

पाकिस्तानमा रहेका अफगानी शरणार्थी, सिमानामा आवाज जावत गर्ने व्यवस्थालगायतका बारेमा पनि दुई पक्षका बीचमा छलफल हुने तालिवान प्रवक्ता सुहाइल शाहिनले सामाजिक सञ्जाल ट्वीटर मार्फत् जानकारी दिएका छन् ।

अफगानीस्तानी सरकारले ८० जना तालिवान विद्रोहीहरुलाई कारागारमुक्त गरेपछि यो घटनाक्रम विकास भएको हो ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ७ : ५२ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच