काठमाडौँ- ५ दिनदेखि होम क्वारेन्टिनमा रहेका ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन काममा फर्किएका छन् ।
निजी सुरक्षा गार्डलाई कोरोना देखिएपछि शुक्रबारदेखि होम आइसोलेसनमा बसेका उनी आजदेखि काममा फर्किएका हुन् ।
बुधबार गरिएको कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि मन्त्री पुन मन्त्रालयको नियमित काममा फर्किएको उनको सचिवालयले जनाएको छ ।
ऊर्जामन्त्रीका अंगरक्षकलाई गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । अंगरक्षकलाई कोरोना पुष्टि भएपछि मन्त्री पुनले ५ दिन क्वारेन्टाइनमा बसेर पीसीआर परीक्षण गराएका हुन् ।
प्रतिक्रिया