१६ फरार प्रतिवादी पक्राउ « Khabarhub

१६ फरार प्रतिवादी पक्राउ


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेश प्रहरी कार्यालयले १६ फरार प्रतिवादी पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले सार्वजनिक अपराधका सात, खोटाचलन, बहुविवाह, अंश मुद्धाका एक/एक र चेक अनादरका तीन जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय दैलेखबाट कर्तव्य ज्यान मुद्धाका एक र जबरजस्ती करणी मुद्धाका एक जनालाई पक्राउ गरिएको उनले बताए । प्रवक्ता बाँस्तोलाका अनुसार जिल्ला प्रहरी कार्यालय जुम्लाबाट पनि एक जना सार्वजनिक मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।

‘अदालतको फैसला कार्यान्वयनका क्रममा फरार अभियुक्तलाई फक्राउ गरी सम्बन्धित अदालतसमक्ष पेश गरिएको छ,’ उनले भने, “यो अभियान निर्वाध अगाडि बढेको छ ।”

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ८ : ३६ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल