उपत्यकामा कोरोनाले भयावह रुप लिने मेयर फोरमको निष्कर्ष « Khabarhub

उपत्यकामा कोरोनाले भयावह रुप लिने मेयर फोरमको निष्कर्ष


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यका मेयर फोरमले काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमणले भयावह अवस्था आउन थालेको निष्कर्ष निकालेको छ । बढ्दो संक्रमण र सबै क्षेत्र खुला रहेकाले अवस्था भयावहतर्फ गइरहेको फोरमको निष्कर्ष छ ।

फोरमका सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले अबको केही दिनमा अवस्था भयावह हुने देखिएकाले सबैजनाले सतर्कताले अप्नाउन आग्रह गरेका छन् । श्रेष्ठले भने, अवस्था झन् भयावह हुँदैछ । सबैजनाले सतर्कता अप्नाउनु पर्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक्टिभ संक्रमितको संख्या २५ हजार पुगेमा फेरि लकडाउन गर्न सरकारलाई सुझाव दिएको भोलिपल्ट फोरम सचिव श्रेष्ठले २५ हजार संख्या कुरेर बस्न नहुँने बताए । अहिले सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ रहेको छ ।

सरकारले संख्या गनेर बस्नुभन्दा पनि सतर्कताका लागि आवश्यक पहल लिनुपर्नेमा उनको जोड छ । उनले भने, ‘संख्या गनेर बसेर हुँदैन । सरकारले थप सतर्कता अप्नाउनु पर्छ । दसैँको आसपास उपत्यकाको अवस्था भयावह हुने अवस्था छ ।’

पछिल्लो समय देशभर दैनिक हुने संक्रमितमध्ये झण्डै ६० प्रतिशत काठमाडौँ उपत्यकाका रहेका छन् । फोरमले कोरोनाको अवस्थाका विषयमा छिट्टै छलफल गर्ने तयारी गरेको छ । बैठक बसेर नयाँ खालको निर्णय गर्नेगरी अनौपचारिक संवाद भएको श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  १० : २० बजे

आर्टेमिस–२ : चन्द्र यात्रामा मानवको पुनरागमन

एजेन्सी– आधा शताब्दीभन्दा बढीपछि मानवता पुनः चन्द्रतर्फ फर्किएको छ ।

गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमाले हेलो सरकारबाट प्राप्त हुने गुनासो

 सिजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना

काठमाडौं– सिजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘सीजीसँग जीवन अनुभूति गर्नुहोस्’ नामक अभियान

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण गर्न कार्यदल गठन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य पूर्वतयारी

‘एचआईभी सङ्क्रमित’लाई पोषण सहयोग नियमित भएन

टीकापुर– कैलालीको टीकापुरका एचआईभी सङ्क्रमितहरुले पोषण सहयोग नियमित गर्न पालिकासँग