ला लिगामा इल्चेको जित « Khabarhub

ला लिगामा इल्चेको जित


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सिया इल्चेसँग पराजित भएको छ ।

शुक्रबार राति भएको खेलमा भ्यालेन्सिया इल्चेसँग २-१ गोलले पराजित भएको हो ।

घरेलु मैदानमा इल्चेलाई जित दिलाउन जोसन र फिडेल चाभेसले एक/एक गोल गरे ।

भ्यालेन्सियाका टोनी लाटोले एक गोल फर्काए । खेलको १९औं मिनेटमा जोसनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

३७औं मिनेटमा फिडेलले इल्चेको अग्रता २-० को बनाए । त्यसपछि खेलको ७४औं मिनेटमा टोनीले एक गोल फर्काएपनि भ्यालेन्सियाको हार टार्न सकेनन् ।

भ्यालेन्सियालाई हराएसँगै इल्चे तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । इल्चेले ५ खेलमा १० अंक जोडेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ९ : ३० बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट