मध्यरातिबाट क्लिन फिड लागू, अधिकांश विदेशी च्यानलको प्रसारण बन्द « Khabarhub

मध्यरातिबाट क्लिन फिड लागू, अधिकांश विदेशी च्यानलको प्रसारण बन्द


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शुक्रबार मध्यरातिबाट क्लिन फिड लागू भएसँगै अधिकांश विदेशी च्यानलको प्रसारण बन्द भएको छ ।

नेपालमा प्रसारण हुने अधिकांश विदेशी च्यानलहरुको स्वामित्व भारतीय टेलिभिजन नेटवर्क कम्पनीहरुसँग भएको र च्यानल क्लिन फिडमा उपलब्ध नगराएले अधिकांश च्यानलको प्रसारण रोकिएको हो ।

अब नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन विदेशी विज्ञापनरहित नभएसम्म प्रसारण हुने छैनन् ।

भारतीय टेलिभिजन नेटवर्कहरु ‘जी’ र ‘सोनी’ अन्तर्गतका च्यानलहरु मात्र विज्ञापन रहित भएर आएकाले प्रशारण भइरहेका छन् ।

शुक्रबार रातिदेखि स्टार, बीबीसी, सीएनएन, डिस्कभरीलगायतका च्यानलहरु नेपालमा बन्द छन् । स्टार अन्तर्गत स्टार स्पोर्टस्, स्टार प्लस, स्टार गोल्ड, स्टार मुभिज, नेश्नल जोग्राफिक, स्टार १, स्टार २ लगायतका २० भन्दा बढी स्टारका च्यानल केही समयका लागि बन्द भएको छन् ।

यस्तै कलर्स, कलर्स एचडी, बीबीसी, सीएनएन लगायतका च्यानलको पनि प्रसारण रोकिएको डिसहोमका प्रबन्ध निर्देशक सुदिप आचार्यले बताए ।

क्लिन फिडका लागि आवश्यक सामग्री रोकिँदा हाल सर्भिस दिन नसकिएको तर, दशैँ लगत्तै यी च्यानलको पूनः प्रसारण हुने जनाइएको छ ।

यी च्यानल बन्द भएपछि हाल चलिरहेका इन्डियन प्रिमियर लिग (आइपिएल) र इंग्लिस प्रियमियर लिग (इपिएल) पनि नेपालमा हेर्न पाइने छैन ।

विज्ञापन ऐन–२०७६ को प्रावधानअनुसार नेपालमा क्लिन फिड नीति लागू गरिएको हो । गत वर्षको कात्तिकमा संसदबाट पारित भएर राजपत्रमा प्रकाशित भएको विज्ञापन नियमन गर्ने ऐनको दफा ६ मा एक वर्षभित्र क्लिन फिड लागू गर्ने प्रावधान राखिएको थियो ।

त्यसैका आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही समयदेखि सरोकारवालहरुलाई कात्तिक ८ गतेबाटै क्लिन फिड लागू गर्नुपर्न भन्दै निर्देशन दिएको थियो ।

मन्त्रालयको निर्देशन र कानूनी प्रावधानका आधारमा आजबाट क्लिन फिड लागू भएको हो । क्लिन फिडको अनुगमनका लागि मन्त्रालयले विज्ञापन बोर्ड पनि गठन गरेको छ ।

क्लिन फिड लागू भएसँगै नेपालको विज्ञापन बजार ३ देखी ४ अर्ब रूपैयाँले बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ९ : ५२ बजे

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित