यसरी भण्डारण गर्नुहोस दशैँलाई किनेको मासु « Khabarhub

यसरी भण्डारण गर्नुहोस दशैँलाई किनेको मासु


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दशैँको समयमा घरघरमा खसी, बोका, कुखुरा काट्ने चलन छ । घरमै नकाटेपनि दशैँको समयमा सबैको घरमा धेरै नै मासु ल्याइन्छ । यसरी दशैका लागि एकैपटक धेरै मासु सञ्चय गर्दा उपयुक्त तरिकाले भण्डारण नगर्दा मासु विग्रिने सम्भावना अधिक रहन्छ ।

त्यसैले मासुलाई फ्रिजमा राख्न उपयुक्त हुने पोषणविद् अतुल उपाध्याय बताउँछन् । तर गाउँघरमा मासुलाई सुरक्षित राख्न फ्रिज नहुन सक्छ त्यस्तो अवस्थमा मासुलाई चिसो पानीमाथि सफा भाडामा राखेर पनि सुरक्षित गर्न सकिने उनको भनाइ छ ।

‘मासुलाई पकाएपछि घरमा फ्रिज छ भने, फ्रिजमा राख्दा उपयुक्त हुन्छ, तर गाउँघरमा फ्रिज नहुनसक्छ फ्रिज नभएमा चिसो पानीमाथि राख्न सकिन्छ,’ उपाध्याय भन्छन्, ‘त्यसरी चिसोपानीमा राखेको मासुलाई खानुअघि राम्रोसँग तताएर मात्रै खानुपर्छ ।’

यस्तै सञ्चय गरेर राख्नुपर्ने मासुमा बोसो मिसाउदा छिटो विग्रन सक्ने भएकाले भण्डारण गर्ने मासुमा बोसो मिसाउन नहुने उपाध्यायको भनाइ छ ।

दशैँमा मासु खाँदा छाला र बोसो नभएको चिल्लो र मसला कम प्रयोग गरी खान पोषणविद् उपाध्यायको सुझाव छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  २ : १० बजे

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको