प्रभासको जन्मदिन पारेर अमेरीकामा बाहुबली २ रिलिज « Khabarhub

प्रभासको जन्मदिन पारेर अमेरीकामा बाहुबली २ रिलिज


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दक्षिण भारतीय सुपरस्टार प्रभास बलिउडमा समेत स्थापित नाम बनिसकेको छ । प्रभाशको फिल्मले बलिउडमा सबैभन्दा राम्रो कमाई गरेका कारण उनलाई स्थापित बनायो । तर अब उनको नाम केवल बलिउड वा साउथ इण्डियामा मात्र सिमित छैन उनी हलिउडसम्म चर्चाका पात्र बनेका छन् ।

प्रभाश अभिनित फिल्मको सफलताका कारण अब बाहुबलीको शो अमेरीकामा समेत हुने भएको छ । प्रभासको जन्मदिन २३ अक्टुबरका दिन पारेर अमेरीकामा बाहुबली रीलिज भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार प्रभासका जन्मदिन पारेर अमेरिकाका १६ राज्यमा बाहुबली २ रिलीज गरीएको हो ।

अमेरीकामा समेत बाहुबली रिलिज हुने खबर चर्चामा आएसंगै प्रभाशका फ्यान निकै हर्षित बनेका छन् । यो समाचार अमेरीकादेखि भारतसम्म भाइरल बनेको छ । हुनत प्रभाशका फ्यानले यस पटक यो मात्र खुसिका खबर पाएका होइनन् । यसअघि नै फिल्म राधेश्याममा प्रभासको फस्र्ट लुक सार्वजनिक गरीएको छ ।

राधेश्याममा प्रभासको अपोजिटमा पूजा हेगडेलाई कास्ट गरीएको छ । यो रोमान्टिक कथामा निर्माण हुन लागेको फिल्म हो । यस मेगा बजेटको फिल्म धेरै भाषामा रिलिज हुनेछ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  २ : २८ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति