महानगरको टोलीले १५ हजार ७० खसी बोकामा हरियो रङ्ग लगायो « Khabarhub

महानगरको टोलीले १५ हजार ७० खसी बोकामा हरियो रङ्ग लगायो


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरले कार्तिक ७ गतेसम्म काठमाडौँका बजारमा ल्याइएकामध्ये १५ हजार ७० वटा खसी बोका भेडा च्याङ्ग्राको सिङमा हरियो रङ्ग लगाइएको छ ।

यसरी हरियो रङ्ग लगाइएका चौपाया स्वस्थ्य र निरोगी तथा मासु खानका लागि योग्य हुन् । यो कार्तिक १ गतेदेखि ७ गतेसम्मको अवधिमा रङ्ग लगाइएका चौपायाको संख्या हो ।

पशु विकास अधिकृत डम्मरबहादुर बम भन्छन्– ‘हामीले कलंकी र टुकुचाका ठूला तथा नियमित बजार, खाद्य व्यापार कम्पनी र बालाजु बाइपासका मौसमी बजार तथा सामाखुशी टाउन प्लानिङ्मा व्यापारीले ल्याएको असंगठित बजारमा भएका चौपायाको स्वास्थ्य अवस्था हेरेका हौं ।’

यीमध्ये कलंकीमा ३ वटा खसी र सामाखुशी टाउन प्लानिङ्मा १ वटा च्याङग्रा विरामी थिए । ती विरामी चौपायालाई निरोगीबाट अलग राखेर व्यापारीमार्फत उपचार गराएको थियो । तिनको उपचारका लागि हामीले नै औषधि प्रेस्क्राइव गरेका थियौं ।

बमकाअनुसार चौपायाको स्वास्थ्य परीक्षणका लागि संघ सरकारअन्तर्गतको पशुसेवा बिभाग र बागमती प्रदेश सरकारअन्तर्गतको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले पनि काम गरिरहेको छ । उनले भने, ‘उनीहरुले कति चौपायाको स्वास्थ्य परीक्षण गर्नुभयो, त्यसको तथ्याङ्क एकीकृत गर्न बाँकी छ ।’

काठमाडौँ चौपाया खरिद बिक्री प्रालीका व्यवस्थापक जीवनराज खतिवडा भन्छन्– ‘कलंकीबाट हिजोसम्ममा करीब १७ हजार चौपाया बिक्री भएका छन् । आजसम्ममा करीब २० हजार पुग्छन् होला ।’

उनकाअनुसार यस बर्ष बजारमा करीब ११ सय वटा मात्र च्याङ्ग्रा ल्याइए । यता टुकुचाका अध्यक्ष सन्तोष खत्री भन्छन्– ‘खसी बोका कम छन् । यहाँबाट आजसम्ममा ६ हजारको कारोबार भएको छ ।’

बजारमा महानगरको टोलीले चौपायाको स्वास्थ्य परीक्षण गर्दा ज्वरो आए/नआएको, नाकबाट सिँगान बगे/नबगेको, झोक्राएको/नझोक्राएको, पातलो दिशा भए/नभएको, चोटपटक भए/नभएको जस्ता सामान्य स्वास्थ्य अवस्थाका हेर्ने गरेको छ ।

यस बर्ष बिभिन्न जिल्लाबाट ल्याइएका चौपायामा महामारीको अवस्था हेर्न नमूना रगत संकलन गरिएको छ ।

पशु सेवा महाशाखाका प्रमुख डा. अवधेश झाका अनुसार, स्वच्छ मासु र पशुजन्य खाद्यबस्तुका लागि यस बर्षदलेखि पशु, पशुजन्य पदार्थ र उत्पादन सामाग्रीको नमूना संकलन र परीक्षण थालिएको हो । यसरी संकलन गरिएको रगतको नमूना खोरेत प्रयोगशाला र त्रिपुरेश्वरस्थित केन्द्रीय प्रयोगशालामा पठाएर एफएमडि (खोरेत), पिपिआरलगायत रोग परीक्षण भइरहेको छ ।

डा झाकाअनुसार महानगरले पर्व विदाका समयमा पनि बजार र असंगठित चौपाया बजारको नियमित निगरानी गर्नेछ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  २ : ४७ बजे

दाङको दुर्गम सैघामा विद्युत सेवाको पहुँच

दाङ– दाङको घोराही उपमहानगरपालिका–१९ अन्तर्गत पर्ने सैघामा विद्युत सेवाको पहुँच

कसरी सम्भव भयो, ओलीको इलाकामा बालेनको धमाका ?

हुन त म पनि हिजोसम्म पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष

रसुवा अस्पतालमा सेवा विस्तार

रसुवा– रसुवाको धुन्चेस्थित रसुवा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध हुन

मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च

पाँचथर– हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी– शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन