सात जुवाडे पक्राउ « Khabarhub

सात जुवाडे पक्राउ


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङबाट सात जुवाडेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका–३ का २१ वर्षीय यमबहादुर राणाले सञ्चालन गरेको राप्ती फेम्ली रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट एक लाख ४६ हजार रूपैयाँ पनि बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार प्युठान सरुमारानी गाउँपालिका–३ निवासी ५० वर्षीय चुमानसिंह सुनार, सोही ठाउँका ३५ वर्षीय अल्ली शाह र सरुमारानी–१ का २४ वर्षीय एडिस मियाँ पक्राउ परेका छन् ।

यस्तै सोही ठाउँका ४० वर्षीय अकबर हुसेन मियाँ, सोही गाउँपालिका–३ निवासी ४४ वर्षीय कृष्णबहादुर राना, राप्ती गाउँपालिका–२ निवासी यमबहादुर राना र सोही गाउँपालिका–१ निवासी ४२ वर्षीय रुपेश आलेलाई पनि पक्राउ गरिएको खड्काले बताए ।

उनीहरुको साथबाट जुवामा प्रयोग हुने १० गड्डी तास र एक थान गलैँचासमेत बरामद गरेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ९ : २९ बजे

इन्धन सङ्कटले भुटानमा जनजीवन कष्टकर

थिम्फू- पश्चिम एशियामा जारी युद्धको प्रत्यक्ष असर हिमाली राष्ट्र भुटानसम्म

सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले जनताले आफ्नो पार्टीलाई

शिक्षण अस्पतालको बेडमै लिन थालियो ओलीको बयान

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

साइकल चढेर संसद् गए रास्वपा सांसद गजुरेल  

काठमाडौं– संसद्‍को पहिलो बैठकमा भाग लिन रास्वपाका सांसद आशिष गजुरेल

संसद्को पहिलो बैठकमै एमालेद्वारा सरकारको विरोध, भन्यो, ‘ओली–लेखकलाई तत्काल रिहा गरियोस्

काठमाडौं- नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद्