‘ब्लड प्रेसर लो’ छ भने यी खानेकुरा खानुहोस् « Khabarhub

‘ब्लड प्रेसर लो’ छ भने यी खानेकुरा खानुहोस्


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अस्तव्यस्त जीवनशैली तथा खानपानमा ध्यान नदिँदा मानिसहरु विभिन्न रोगबाट ग्रसित छन् । ब्लड प्रेसर लो पनि स्वास्थ्यको अनगिन्ति समस्यामध्ये एक हो ।

ब्लड प्रेसर लो बिरामीहरुले आफ्नो खानेकुरामा विशेष ध्यान दिन अत्यावश्यक छ । खानपानमार्फत नै यसलाई सामान्य बनाउन सकिन्छ । सामन्य रक्तचाप १२०/८० हुनुपर्छ । तर, यदि तपाईको ब्लड प्रेसर ९०/६० वा त्यो भन्दा कम छ भने,लो ब्लड प्रेसर भएर्को मानिन्छ ।

सामान्तयाः यदि कसैको लो ब्लड प्रेसर छ भने त्यस्ता व्यक्तिले इन्सुलिन बढाउनका लागि त्यस्ता व्यक्तिहरुले गुलियो खानेकुराहरु खाने गर्दछन् । लो ब्लड प्रेसरका बिरामीले कस्तो प्रकारको खानेकुरा खानुपर्छ भन्ने विषयमा केहि जानकारी तल दिइएको छ ।

१. पात भएको सागसब्जीः पात भएको सागसब्जीमा आइरन हुने गर्दछ जुन मानव शरिरको लागि अत्यावश्यक खनिज पदार्थ हो । ब्लड प्रेसरलाई कम गरेर त्यसलाई सामान्य बनाउनका लागि यो निकै महत्वपूर्ण हुने गर्दछ । सागसब्जीमा प्रोटिन र भिटामिन हुने गर्दछ । ब्लडप्रेसरलाई सामान्य बनाइराख्नका लागि प्रत्येक दिन सागसब्जी खाने गर्नुहोस् ।

२. डार्क चक्लेटः डार्क चक्लेटले मुटुको रोगी र कम ब्लड प्रेसर भएका बिरामीहरुका लागि राम्रो मानिन्छ ।

३. बदामः बदामले तपाईंको उर्जा र प्रतिरोध क्षमतालाई बृद्धि गर्ने गर्दछ । यसका साथै यसले रक्तचापलाई नियमित गर्ने गर्दछ त्यसकारण यसलाई दैनिक आहारमा समावेश गर्नुहोस् ।

४. बोसोरहित मासुः यस्तो मासुको सेवन गर्नुहोस् जसमा बोसोको मात्रा कम हुन्छ । जो व्यक्तिको कम रक्तचापको समस्या छ उनीहरुका लागि टर्की, चिकन र माछाजस्ता पदार्थको सेवन गर्न उचित हुन्छ । यो कम रक्तचापका लागि सर्वोत्तम आहार हो ।

५. रसिलो पोषिलो झोल पदार्थ स् टुसा उम्रेको गेडागुडी र झोलिलो पदार्थ खाँदा शरिरमा उर्जा र राम्ररी रक्तसञ्चार हुन्छ । प्रेसर लो भएको बेला टुसा उम्रेको गेडागुडीको कारण शरीरमा छिटै शक्ति प्राप्त हुन्छ ।

६. फलफूलः यस्तो फलफूलको सेवन गर्नुहोस् जसमा प्रोटिनको मात्रा बढि हुन्छ । यो यस्तो फल हो जसले रक्तचापका बिरामीका लागि निकै राम्रो हुने गर्दछ ।

७. कालो खाद्य पदार्थः कालो अंगुर, कालो छोगडा आदि खाद्य पदार्थमा आइरनको मात्रा अत्यधिक हुने गर्दछ । यी सबै पदार्थ कम रक्तचापलाई सामान्य बनाउनका लागि निकै उपयोगी हुने गर्दछ । यसलाई आहारमा समावेश गर्दा रक्तचापका साथै मुटुलाई पनि स्वस्थ राख्ने गर्दछ ।

८. अमिलो खाद्य पदार्थः गर्मीमा अमिलो खाद्य पदार्थ जस्तो सुन्तला आदि स्वास्थ्यका लागि निकै राम्रो हुने गर्दछ किनभने यसमा पानी र एसिड दुबै पाइने हुनाले कम रक्तचाप भएका बिरामीहरुको शरिरमा उर्जा निर्माण गर्न सहयोग गर्ने गर्दछ ।

९. गहुँ : मैदाको तुलनामा गहुँ निकै राम्रो मानिन्छ । कम रक्तचापलाई सामान्य बनाउनका लागि यसको प्रयोग गर्नु लाभदायक हुने गर्दछ भने स्वास्थ्यको दृष्टिकोणले पनि उत्कृष्ट साबित हुन्छ ।

१० लसुनः लसुनलाई आफ्नो आहारमा समावेश गर्ने मानिसहरुको रक्तचाप सामान्य हुने गर्दछ ।

११ कफीः ब्लड प्रेसर कम भएमा स्ट्रोङ कफी, हट चकलेट, कोकाकोला अथवा क्याफिनयुक्त खाद्य पदार्थ खानाले प्रेसर सन्तुलनमा आउँछ । यदि सधैँ प्रेसर लो भइरहन्छ भने हरेक बिहान एक कप कफी खाने गर्नुपर्छ । तर, कफीसँगै केही खानेकुरा खान भुल्नु हुँदैन ।

१२ नुनपानी खानेः नुनमा सोडियम पाइन्छ, जसले ब्लड प्रेसर बढाउन मद्दत गर्छ । प्रेसर लो भएमा एक ग्लास पानीमा डेढ चम्चा नुन हालेर पिउनुपर्छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ११ : १४ बजे

जनकपुरमा कांग्रेस प्रतिज्ञा सभाको तयारी (तस्बिरहरू)

काठमाडौं– जनकपुरमा आज नेपाली कांग्रेसको प्रतिज्ञा सभा हुँदैछ । सभामा सभापति

बनेपा घटना : प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै

काठमाडौं– काभ्रेको बनेपामा आज भएको एक घटनामा आगलागी भएको टिपरमा

चार दलका घोषणापत्र : अझै सपनाको उडान झेल्दै स्वास्थ्य सेवा

आगामी फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न दलले

सञ्चालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन

ढोरपाटन– एक सय ३२ केभी बुर्तिबाङ सवस्टेसन सञ्चालनमा आएको छ

उत्तरी जापानमा हिउँले पुरिएका तीन जनाको उद्धार

एजेन्सी– उत्तरी जापानमा बुधबार हिउँमा पुरिएका तीन जनालाई उद्धार गरिएको