एउटा अनौठो गाउँ जहा मानिसदेखि जनावरसम्म दृष्टिविहीन ! « Khabarhub

एउटा अनौठो गाउँ जहा मानिसदेखि जनावरसम्म दृष्टिविहीन !


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संसारमा यस्ता धेरै ठाउँहरु छन्, जहाँ अनौठा र रोचक गतिविधिहरु भईरहेका हुन्छन् । त्यस्तै अनौठो गतिविधिहरु मेक्सिकोमा एक गाउँमा पनि रहेको छ ।

जुन गाउँलाई दृष्टिवीहिनहरुको गाउँ भनेर पनि चिन्ने गरिन्छ । उक्त गाँउमा बस्ने मानिस मात्र नभई पशुपंक्षीहरु समेत दृष्टिबिहिन रहेका छन् ।

मेक्सिकोको टिल्टेपक नाम गरेको गाँउमा बालबालिकाहरु सामान्य जन्मिए पनि केहि समयपछि उनीहरुको आँखाको दृष्टि हराउँदछ र बालबालिकाहरु अन्धो बन्दछन् । जोपोटेक आदिवासीका मानिसहरु अवस्थित गाउँमा यस्तो अनौठो समस्या देखा परेको हो ।

करिब ७० वटा झुप्रा घरहरु छन् र जनसंख्या ३ सय जति रहेको गाँउका मानिसहरु आफूहरुले सबै अन्धो हुनुमा गाउँमा रहेको एउटा रुखलाई दोषी मान्दै आएका छन् ।

लाभजुएला नामको उक्त रुख हेरेपछि मान्छे मात्र नभै पशुपक्षी सबै अन्धा हुने उनिहरुको भनाई छ । तर वैज्ञानिकहरु भने अन्धोपनाको पछाडि उक्त रुखको कुनै हात नरहेको भन्दै एक प्रकारको विषालु झिंगा रहेको बताउँदै आईरहेका छन् ।

उनिहरुलाई उक्त विषालु झिंगाले टोकेपछि मानिस र जनावरहरुको आँखाको ज्योति हराउने दाबी समेत गरेका छन् । त्यस गाउँका मानिसहरुको घरहरुमा ढोका हुँदैनन् ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ६ : ०५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको