क्रिकेट खेलाडीको पीसीआर परीक्षण गर्न स्वाब संकलन गरियो « Khabarhub

क्रिकेट खेलाडीको पीसीआर परीक्षण गर्न स्वाब संकलन गरियो


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभ्यासका लागि बन्द प्रशिक्षणमा बोलाइएका राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुको पीसीआर परीक्षण गर्न स्वाब लिइएको छ ।

कोरोना संक्रमणको जोखिमकाबीच अभ्यास सुरु गरेको नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा सहभागि हुने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुको स्वाव लिएको हो ।

आज टीम मेम्बर, फिजियोथेरपी र प्रशिक्षक गरी १९ जनाको पीसीआर परीक्षणका लागि स्वाब लिइएको छ । यसैगरी १३ जना मेन्टेनेन्स स्टाफको पनि पीसीआर परीक्षण गरिने भएको छ । उनीहरुको पनि आज नै स्वाब लिइएको छ । सबैको पीसीआर परीक्षण कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको हो ।

बन्द प्रशिक्षण भोलि (बुधबार) बाट सुरु हुँदैछ । बन्द प्रशिक्षणका लागि क्यानले २२ जना खेलाडीलाई बोलाएको छ । कोरोना भाईरस महामारीको कारण नेपालले ९ महिनापछि बन्द प्रशिक्षण हुन लागेको हो । प्रशिक्षक जगत टमटाले प्रशिक्षण दिनेछन् ।

बन्द प्रशिक्षणका लागि कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, पारस खड्का सन्दीप लामिछाने, शरह भेशवाकर, करण केसी, बसन्त रेग्मी, बिनोद भण्डरी र सोमपाल कामीलाई बोलाइएको छ ।

यस्तै सुसन भारी, ललित नारायाण राजबंशी, आरिफ शेख, पवन सराफ, अविनास बोहरा, सुवास खकुरेल, रोहित कुमार पौडेल र कुशल मल्ललाई पनि प्रशिक्षणका लागि बोलाइएको छ । यसैगरी राशिद खान, कमल सिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्कीलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  १ : ०१ बजे

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक