आईसीसी ‘एसोसिएट प्लेयर अफ द डिकेड’ को मनोनयनमा पूर्वकप्तान खड्का « Khabarhub

आईसीसी ‘एसोसिएट प्लेयर अफ द डिकेड’ को मनोनयनमा पूर्वकप्तान खड्का


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपालको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेट’ अवार्डको मनोनयनमा परेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको मनोनयनमा पारससहित ६ खेलाडी परेका हुन् ।

मनोनयनमा स्कटल्याण्डका तीन खेलाडी काइल कोएट्जर, कोलम म्याकल्याण्ड र रिची बेरिङटन परेका छन् भने पपुवा न्यूगिनीका असद भाला र नेदरल्याण्ड्सका पिटर बोरन अटाएका छन् ।

सन् २००२ मा यू-१५ टोलीबाट क्रिकेट खेल्न थालेका पारसले सन् २००९ मा नेपालको कप्तानी गरेका थिए । पारसको १० वर्षे कप्तानीकालमा नेपालले पहिलो पटक टी-२० विश्वकप खेल्नुका साथै एकदिवसीय मान्यता पाएको थियो ।

२८ असोज २०७६ मा उनले कप्तानी छाडे । तर राष्ट्रिय टिमबाट निरन्तर खेलिरहेका छन् ।

आईसीसीले अवार्डका लागि भोटिङ खुल्ला गरिसकेको छ । आईसीसीको वेबसाइटमार्फत अवार्डको मनोनितमा परेकाहरुलाई भोट गर्न सकिने छ ।

आइसीसीले भोटमार्फत मनोनित छ जनाबाट दशकको उत्कृष्ट क्रिकेट खेलाडी छनोट गर्नेछ ।

उनको मनोनयनसँगै सामाजिक सञ्जालमा उनलाई बधाई दिने र उनका समर्थकले भोटका लागि अनुरोध गरिरहेका छन् ।

क्रिकेट टोलीका खेलाडीदेखि नेपाली क्रिकेट समर्थकले भोट गरेका तस्बीरहरु सार्वजनिक गरिरहेका छन् ।

खड्काको योगदानबारे कप्तान ज्ञानेन्द्र मल्लसँग गरिएको कुराकानी 

नेपाली क्रिकेटमा पारस खड्काको योगदान सबैले बुझेकै छन् । पारस नाम नै कति ठूलो हो भन्ने यो मनोनयनले चिनाएको छ । यो मनोनयन नै ठूलो हो र मनोनयन मात्रै होइन पारसले जित्नु पनि पर्छ ।

उनले नेपाली क्रिकेटमा गरेको योगदानका लागि यो अवार्ड जित्नै पर्छ । पारसका बारेमा जति प्रशंसा गरे पनि पुग्दैन । खेलाडी र कप्तानका रुपमा उनी सफल रहे ।

हामीले मैदानमा राम्रो गरिरहँदा अरुले पनि राम्रो काम गर्नुपर्छ भन्दा क्यानमा टसल पनि भयो ।

क्यान अन्तर्राष्ट्रिय प्रतिबन्धमा रहँदा मैदानमा राम्रो नतिजा ल्याउन पारसले सही नेतृत्व गरे । जुन उनको सबल पक्ष हो ।

खेलाडी, कप्तानमात्रै होइन, व्यक्तित्वका रुपमा पनि पारस मिलनसार, असल मित्र पनि हुन् ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ४ : १४ बजे

गरिबीले रोकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर– अङ्ग्रेजी नयाँ वर्ष–२०२६ आजदेखि सुरु भएको छ । नयाँ

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६

मन्त्री खरेलबाट ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु सङ्ग्रहालयको

मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतले वृद्धि

मुस्ताङ– धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या