इराकमा एक नेपाली महिलाको मृत्यु « Khabarhub

इराकमा एक नेपाली महिलाको मृत्यु


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कुर्दिस्तान- रोजगारीको लागि इराकको कुर्दिस्तान पुगेकी एक नेपाली महिलाको मृत्यु भएको छ।

घरेलु कामदारका रुपमा कार्यरत रुकुमकी ४० वर्षीया श्यामा शाहको २२ नोभेम्बर आइतबारका दिन मृत्यु भएको हो।

शाहलाई आइतबार बिहान १० बजे एक्कासी पेट र छाती दुखेपछि स्थानीय अस्पतालमा लगिएको थियो। पुर्याइएको केही बेरमै उनलाई अस्पातालले मृत घोषणा गरेको थियो।

अस्पताल प्रशासनबाट नेपाली महिलाको मृत्यु भएको जानकारी पाएसँगै एफ डब्ल्यूसीडीओका संस्थापक हामा महम्मद हाजार र डिसी नेपाल बुझ्न त्यहाँ पुगेको थियो। संस्थापक हाजारको प्रयासमा घर मालिकलाई स्थानीय प्रशासनमा बोलाइ मृतकको मुद्दा दर्ता गराइएको थियो।

सोमबार एफ डब्ल्यूसीडीओको कार्यालयमा घर मालिकसहित स्थानीय प्रशासनको बैठक बसेको थियो। बैठकमा मृतक शाहले विगत ३ महिनादेखि उक्त घरमा काम गर्न छोडिसकेको खुलेको थियो। तर, संस्थापक हाजारले विशेष अनुरोध गरेपछि ती घर मालिक शाहको शव स्वदेश फर्काउन लाग्ने खर्च व्यहोर्न राजी भएका छन्।

मृतक श्यामाकै साथमा पहिला काम गर्ने अर्की एक नेपाली महिलाका अनुसार उनलाई पहिलादेखि नै छाती र पेट दुख्ने अनि एक्कासि ढल्ने समस्या थियो। यही रोगका कारण उनी एक पटक गम्भीर अवस्थामा समेत पुगेको उनले बताइन्। नेपालमा रहेका परिवारलाई उनको मृत्युबारे जानकारी गराइसकिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ७ : ४५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार