इराकमा एक नेपाली महिलाको मृत्यु « Khabarhub

इराकमा एक नेपाली महिलाको मृत्यु


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कुर्दिस्तान- रोजगारीको लागि इराकको कुर्दिस्तान पुगेकी एक नेपाली महिलाको मृत्यु भएको छ।

घरेलु कामदारका रुपमा कार्यरत रुकुमकी ४० वर्षीया श्यामा शाहको २२ नोभेम्बर आइतबारका दिन मृत्यु भएको हो।

शाहलाई आइतबार बिहान १० बजे एक्कासी पेट र छाती दुखेपछि स्थानीय अस्पतालमा लगिएको थियो। पुर्याइएको केही बेरमै उनलाई अस्पातालले मृत घोषणा गरेको थियो।

अस्पताल प्रशासनबाट नेपाली महिलाको मृत्यु भएको जानकारी पाएसँगै एफ डब्ल्यूसीडीओका संस्थापक हामा महम्मद हाजार र डिसी नेपाल बुझ्न त्यहाँ पुगेको थियो। संस्थापक हाजारको प्रयासमा घर मालिकलाई स्थानीय प्रशासनमा बोलाइ मृतकको मुद्दा दर्ता गराइएको थियो।

सोमबार एफ डब्ल्यूसीडीओको कार्यालयमा घर मालिकसहित स्थानीय प्रशासनको बैठक बसेको थियो। बैठकमा मृतक शाहले विगत ३ महिनादेखि उक्त घरमा काम गर्न छोडिसकेको खुलेको थियो। तर, संस्थापक हाजारले विशेष अनुरोध गरेपछि ती घर मालिक शाहको शव स्वदेश फर्काउन लाग्ने खर्च व्यहोर्न राजी भएका छन्।

मृतक श्यामाकै साथमा पहिला काम गर्ने अर्की एक नेपाली महिलाका अनुसार उनलाई पहिलादेखि नै छाती र पेट दुख्ने अनि एक्कासि ढल्ने समस्या थियो। यही रोगका कारण उनी एक पटक गम्भीर अवस्थामा समेत पुगेको उनले बताइन्। नेपालमा रहेका परिवारलाई उनको मृत्युबारे जानकारी गराइसकिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ७ : ४५ बजे

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे