शंखधर संग्रहालयसहितको सामुदायिक भवन उद्घाटन « Khabarhub

शंखधर संग्रहालयसहितको सामुदायिक भवन उद्घाटन


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मध्यपुरथिमि नगरपालिका शङ्खधर चोकमा निर्माण गरिएको शङ्खधर सामुदायिक भवन तथा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठान भवनको उद्घाटन गरेका छन् ।

शङ्खधर दिवसको अवसर पारेर आज मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको भवन उद्घाटन कार्यक्रममा उनले नेपाल सम्वत नेवार समूदायको मात्रै सम्वत हो भन्ने भ्रम आजैबाट सबैले हटाउनुपर्ने बताए ।

शाक्यले भने, “नेपाल सम्वत राष्ट्रिय सम्वत हो, यो सबै नेपालीको सम्वत भएकाले यसमा कसैले पनि भ्रम पाल्नु हुँदैन, शङ्खधर राष्ट्रिय विभूति भएकाले उहाँको सबैले सम्मान गर्नुपर्छ ।”

उनले राज्यलाई योगदान गरेका व्यक्ति, शहीद एवं राष्ट्रिय विभूतिलाई सबैले चिरकालसम्म चिनुन र सम्झिरहुन भन्ने हेतुले महानगरपालिकाले उनीहरुको सम्मानमा शालिक निर्माण गर्दै आएको बताए ।

“साख्वाः को मात्रै होइन महानगरपालिकाले जहानीयाँ राणा शासनविरुद्धको लडाइँका क्रममा सहादत प्राप्त गरेका चार शहीद गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीको सम्झनामा पूर्णकदको शालिक निर्माण गरिसकेको छ”, उनले भने, “उनीहरु चारै जनालाई मृत्युदण्ड दिएको स्थान शोभा भगवती, सिफलस्थित र टेकुमा पूर्णकदको शालिक निर्माण गरेको छ, धर्मभक्तको पुख्र्यौली टोल झोँछेमा पनि हामीले उनको नाममा पार्क र शालिक निर्माण गरेका छौँ ।”

कार्यक्रममा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठलाई नगरप्रमुख श्रेष्ठले भवनको साँचो हस्तान्तरण गरेका थिए । कार्यक्रममा शङ्खधर चोकस्थित साख्वाःको शालिकमा उपस्थित जनप्रतिनिधिले माल्यार्पण गरेका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ९ : १८ बजे

एक लाख धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता मार्बुमा सुरु ,१३ टिमबीच प्रतिस्पर्धा 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–७ मार्बुमा एक लाख रुपैयाँ धनराशि पुरस्कार

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपाका महिला सांसदको नाममा आएको विज्ञप्ति ‘फेक’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले रास्वपाका महिला सांसदहरूको नाममा सार्वजनिक