शंखधर संग्रहालयसहितको सामुदायिक भवन उद्घाटन « Khabarhub

शंखधर संग्रहालयसहितको सामुदायिक भवन उद्घाटन


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मध्यपुरथिमि नगरपालिका शङ्खधर चोकमा निर्माण गरिएको शङ्खधर सामुदायिक भवन तथा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठान भवनको उद्घाटन गरेका छन् ।

शङ्खधर दिवसको अवसर पारेर आज मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको भवन उद्घाटन कार्यक्रममा उनले नेपाल सम्वत नेवार समूदायको मात्रै सम्वत हो भन्ने भ्रम आजैबाट सबैले हटाउनुपर्ने बताए ।

शाक्यले भने, “नेपाल सम्वत राष्ट्रिय सम्वत हो, यो सबै नेपालीको सम्वत भएकाले यसमा कसैले पनि भ्रम पाल्नु हुँदैन, शङ्खधर राष्ट्रिय विभूति भएकाले उहाँको सबैले सम्मान गर्नुपर्छ ।”

उनले राज्यलाई योगदान गरेका व्यक्ति, शहीद एवं राष्ट्रिय विभूतिलाई सबैले चिरकालसम्म चिनुन र सम्झिरहुन भन्ने हेतुले महानगरपालिकाले उनीहरुको सम्मानमा शालिक निर्माण गर्दै आएको बताए ।

“साख्वाः को मात्रै होइन महानगरपालिकाले जहानीयाँ राणा शासनविरुद्धको लडाइँका क्रममा सहादत प्राप्त गरेका चार शहीद गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीको सम्झनामा पूर्णकदको शालिक निर्माण गरिसकेको छ”, उनले भने, “उनीहरु चारै जनालाई मृत्युदण्ड दिएको स्थान शोभा भगवती, सिफलस्थित र टेकुमा पूर्णकदको शालिक निर्माण गरेको छ, धर्मभक्तको पुख्र्यौली टोल झोँछेमा पनि हामीले उनको नाममा पार्क र शालिक निर्माण गरेका छौँ ।”

कार्यक्रममा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठलाई नगरप्रमुख श्रेष्ठले भवनको साँचो हस्तान्तरण गरेका थिए । कार्यक्रममा शङ्खधर चोकस्थित साख्वाःको शालिकमा उपस्थित जनप्रतिनिधिले माल्यार्पण गरेका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ९ : १८ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले