सुस्ता जोड्ने झोलुङ्गे पुल निर्माणमा ढिलाइ नगर्न अध्यक्ष तिमिल्सिनाको आग्रह « Khabarhub

सुस्ता जोड्ने झोलुङ्गे पुल निर्माणमा ढिलाइ नगर्न अध्यक्ष तिमिल्सिनाको आग्रह


९ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित बहुचर्चित भूमि सुस्ता जोड्ने गरी नारायणी नदीमा बन्न लागेको झोलुङ्गे पुल निर्माणलाई गति दिन आग्रह गरेका छन् ।

बजेट अभावकै कारण पुल निर्माणमा ढिलाई हुन नदिने उनले प्रतिबद्धता स व्यक्त गरे ।

अध्यक्ष तिमिल्सिनाले सुस्ता गाउँपालिका–५ पक्लिहवास्थित पुल निर्माण भइरहेको स्थलको आज स्थलगत निरीक्षण गर्दै झोलुङ्ग पुल समयमै निर्माण सम्पन्न गर्न सबैको सहयोग र खबरदारी आवश्यक रहेकोमा जोड दिए ।

विसं २०७२ मै सम्पन्न भइसक्नुपर्ने झोलुङ्गे पुल लामो समय वित्दा पनि निर्माण सम्पन्न हुन नसकेपछि अध्यक्ष तिमिल्सिनाले विशेष पहल र चासो देखाउँदै आएका छन ।

डेढ वर्ष अघि पहिलो पटक निरीक्षणमा आउँदा पुल निर्माण अवरुद्ध देखेपछि आफूले सम्बन्धित मन्त्रालय र निर्माण व्यवसायीलाई घच्घचाउँदै आएको र त्यसको प्रगतिको अवस्था हेर्न दोस्रो पटक उक्त निर्माणाधीन झोलुङ्ग पुलको निरीक्षणमा आएको उहाँले राससलाई जानकारी दिए ।

सरकारका सम्बन्धित निकायको कमजोरी र निर्माण व्यवसायीको गैरजिम्मेवारीपनका कारण पुल निर्माणमा ढिलाइ भएको बताउँदै उनले निर्माणको जिम्मा लिने तर काम नगर्ने निर्माण कम्पनीलाई कारवाही गर्न सक्ने गरी ऐन परिमार्जन गर्नुपर्नेमा जोड दिए ।

अहिलेसम्म झोलुङ्गे पुलको २० प्रतिशत निर्माण कार्य सम्पन्न भएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी गराएका थिए ।

उनले भने, “जमिनमुनि गर्नुपर्ने पायलिङ्को काम ९० प्रतिशत सकिएको छ, २२० वटा पायलिङ् गर्नुपर्नेमा १९५ वटा सम्पन्न भएको छ, यसबाट १२ वटा पिल्लर बन्छन्, थप दुई वटा पिल्लरका लागि २५ वटा पायलिङ् गर्न बाँकी छ, अब केही दिनमै काम शुरु हुन्छ ।”

वर्षातको कारणले अहिले निर्माणको काम अवरुद्ध रहेको भन्दै कुनै अवरोध नआएमा अवको १८ महिनामा पुल निर्माण सम्पन्न गरी हस्तान्तरण हुने अध्यक्ष पाण्डेले बताए ।

पुल निर्माण सम्पन्न भएपछि सुस्तावासीलाई वारपार गर्न सहज हुने सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले बताए । पुल नहुँदा अहिले सुस्तावासीलाई नारायणी नदीमा डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने वा भारतीय भूमि हुँदै आउजाउ गर्नुपर्ने बाध्यता छ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  १० : ३१ बजे

बङ्गलादेशका प्रधानमन्त्री रहमानको ५० सदस्यीय मन्त्रिपरिषद् घोषणा

ढाका– भारी चुनावी विजयपछि बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले ५० सदस्यीय

सलमान खानका पिता सलीम खान भेन्टिलेटरमा

काठमाडौं– बलिउड अभिनेता सलमान खानका पिता, प्रसिद्ध कथा–पटकथा लेखक सलीम

भोजपुरमा चुनावी गस्तीमा निस्केको सेनाको टोली सवार बस दुर्घटना, ११ जना घाइते

भोजपुर- भोजपुरमा फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको

दोस्रो कार्यकालमा ताकाइचीको कडा एजेन्डा

एजेन्सी– भारी मतान्तरसहितको चुनावी विजयपछि साने ताकाइची बुधबार पुनः जापानको

गगन थापाले भने : धेरैपटक अवसर पाउँदा सदुपयोग गरेनौँ, अबको पाँच वर्ष राष्ट्र निर्माणमा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी पाँच वर्ष