ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा, गृहमन्त्री थापा पनि सहभागी « Khabarhub

ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा, गृहमन्त्री थापा पनि सहभागी


९ पुस २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरू भएको छ ।

प्रतिनिधिसभा विघटनपछि ओली समूहको आज दोस्रो केन्द्रीय कमिटी बैठक बसेको हो । बैठकमा पूर्वमाओवादी समूहमा रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सहभागी भएको केन्द्रीय सदस्य बद्रिविशाल पोखरेलले जानकारी दिए ।

आजको बैठकले सचिवालय सदस्यहरूको संख्या थप्ने, चुनावी तयारी तथा अर्को समूहले सरकारलाई पारेको अप्ठेरोको भण्डाफोर गर्न गाउँतहस्म कार्यकर्ता खटाउने विषयमा अध्यक्ष ओलीले निर्देशन दिने तयारी गरेको एक सदस्यले जानकारी दिए ।

अल्पमतमा परेको ओली समूहको गत मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले ५५६ जना केन्द्रीय सदस्य थप्दै ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको थियो ।

एकीकरणको ३२ महिनापछि नेकपा अन्ततः विभाजनमा गएको छ । तर, यसलाई औपचारिक घोषणा गरिएको छैन ।

गत फागुनमा बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने पार्टी निर्णयलाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले चुनौती दिएपछि सुरू भएको नेकपाको संकट अन्ततः फुटको औपचारिक तहमा पुगेको छ ।

ओली पक्षले सम्झौतामा संकट टार्ने र दाहाल-नेपाल पक्षले ओलीलाई पदच्युत गर्ने परस्पर दाउकाबीच पछिल्ला १० महिना गुज्रिए पनि नेकपामा विभाजन अब अवस्यम्भावी भएको छ ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिएर पार्टी विवाद साम्य पार्न तयार रहेको सन्देश दिएको दुई दिनमै  ओलीले गत आइतबार (पुस ५ मा ) प्रतिनिधिसभा विघटन गराएपछि नेकपा विभाजनको औपचारिक प्रक्रियामा प्रवेश गरेको थियो ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  १ : ५९ बजे

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु