ओलीको कदमविरूद्ध आन्दोलनमा जान कांग्रेस सभापति देउवालाई पौडेल पक्षको दबाब « Khabarhub

ओलीको कदमविरूद्ध आन्दोलनमा जान कांग्रेस सभापति देउवालाई पौडेल पक्षको दबाब


९ पुस २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध तत्काल आन्दोलनमा जान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउबामाथि दबाब बढाएको छ ।

पैडेल पक्षले केन्द्रीय समिति बैठकअघि अनामनगरमा छुट्टै भेला गर्दै सभापति देउवाविरूद्ध दबाब सृजना गर्ने रणनीति बनाएको हो ।

बैठकमा पौडेलसहित महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, गगन थापा, प्रदिप पौडेलसहितका नेताहरूको सहभागिता रहेको जनाइएको छ ।

अनामनगरको सो भेलाले आन्दोलनको मोडालिटीसमेत छुट्टै प्रस्तावकोरूपमा पेस गर्ने तय गरेको एक सदस्यले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको कदमविरूद्ध तत्कालै सडक संघर्षमा जाने वा अदालतको निर्णयका आधारमा अघि बढ्नेमा कांग्रेसभित्र विवाद छ ।

सभापति शेरबहादुर देउवा पक्षधरहरू भने न्यायालयबाट हुने निर्णयका आधारमा अघि बढ्नु पर्ने पक्षमा छन् ।

 

 

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  १ : २५ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने