ओलीको कदमविरूद्ध आन्दोलनमा जान कांग्रेस सभापति देउवालाई पौडेल पक्षको दबाब « Khabarhub

ओलीको कदमविरूद्ध आन्दोलनमा जान कांग्रेस सभापति देउवालाई पौडेल पक्षको दबाब


९ पुस २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध तत्काल आन्दोलनमा जान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउबामाथि दबाब बढाएको छ ।

पैडेल पक्षले केन्द्रीय समिति बैठकअघि अनामनगरमा छुट्टै भेला गर्दै सभापति देउवाविरूद्ध दबाब सृजना गर्ने रणनीति बनाएको हो ।

बैठकमा पौडेलसहित महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, गगन थापा, प्रदिप पौडेलसहितका नेताहरूको सहभागिता रहेको जनाइएको छ ।

अनामनगरको सो भेलाले आन्दोलनको मोडालिटीसमेत छुट्टै प्रस्तावकोरूपमा पेस गर्ने तय गरेको एक सदस्यले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको कदमविरूद्ध तत्कालै सडक संघर्षमा जाने वा अदालतको निर्णयका आधारमा अघि बढ्नेमा कांग्रेसभित्र विवाद छ ।

सभापति शेरबहादुर देउवा पक्षधरहरू भने न्यायालयबाट हुने निर्णयका आधारमा अघि बढ्नु पर्ने पक्षमा छन् ।

 

 

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  १ : २५ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति