दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक जारी « Khabarhub

दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक जारी


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरू भएको छ ।

बबरमहलस्थित एक पार्टी प्यालेसमा जारी केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक पनि बसेको थियो । सो बैठकमा पार्टीको महासचिव, सचिवालय सदस्य हेरफेर तथा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरूद्ध आन्दोलनका कार्यक्रम गर्ने विषयमा छलफल भएको नेता बेदुराम भुसालले जानकारी दिए ।

दाहाल-नेपाल समूहमा महासचिवको आकांक्षीमा पाँच जनाको नाम चर्चामा छ । प्रवक्ता नारायणकाजी श्रेष्ठ स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र वर्षमान पुनमध्ये पाण्डेको विषयमा मोटामोटी सहमति बनेको एक नेताले बताए ।

गत आइतबार (५ पुसमा) प्रतिनिधिसभा विघटनपछि गत मंगलबारबाट नेकपाका दुई समूह (ओली र दाहाल नेपाल) समानन्तररूपमा बैठक थालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली समूहको पनि बालुवाटारमा केन्द्रीय कमिटी बैठक बसिरहेको छ । दुबै समूहले पार्टीमा वैधताको लडाइँ पनि सुरू गरेका छन् । आफू पार्टीको संस्थापन भएको जनाउन दिने गरी दुबै समूहले समानन्तर बैठक र निर्णय तीव्र पारेका छन् ।

अल्पमतमा परेको ओली समूहले ५५६ जना केन्द्रीय सदस्य थप्दै ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको जानकारी निर्वाचन आयोगलाई गराएको छ ।

दाहाल-नेपाल समूहले पनि ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको तथा आफ्नो पक्षमा साविकको ४४१ केन्द्रीय सदस्यको बहुमत संख्या रहेको ब्यहोराको जानकारी निर्वाचन आयोगमा गराइसकेको छ ।

 

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  १ : ५० बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री

पोखरा आइपुग्यो फ्लाइ दुबईको विमान, आजै यात्रु लिएर फर्कने 

काठमाडौं– फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान