दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक जारी « Khabarhub

दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक जारी


९ पुस २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरू भएको छ ।

बबरमहलस्थित एक पार्टी प्यालेसमा जारी केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक पनि बसेको थियो । सो बैठकमा पार्टीको महासचिव, सचिवालय सदस्य हेरफेर तथा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरूद्ध आन्दोलनका कार्यक्रम गर्ने विषयमा छलफल भएको नेता बेदुराम भुसालले जानकारी दिए ।

दाहाल-नेपाल समूहमा महासचिवको आकांक्षीमा पाँच जनाको नाम चर्चामा छ । प्रवक्ता नारायणकाजी श्रेष्ठ स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र वर्षमान पुनमध्ये पाण्डेको विषयमा मोटामोटी सहमति बनेको एक नेताले बताए ।

गत आइतबार (५ पुसमा) प्रतिनिधिसभा विघटनपछि गत मंगलबारबाट नेकपाका दुई समूह (ओली र दाहाल नेपाल) समानन्तररूपमा बैठक थालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली समूहको पनि बालुवाटारमा केन्द्रीय कमिटी बैठक बसिरहेको छ । दुबै समूहले पार्टीमा वैधताको लडाइँ पनि सुरू गरेका छन् । आफू पार्टीको संस्थापन भएको जनाउन दिने गरी दुबै समूहले समानन्तर बैठक र निर्णय तीव्र पारेका छन् ।

अल्पमतमा परेको ओली समूहले ५५६ जना केन्द्रीय सदस्य थप्दै ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको जानकारी निर्वाचन आयोगलाई गराएको छ ।

दाहाल-नेपाल समूहले पनि ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको तथा आफ्नो पक्षमा साविकको ४४१ केन्द्रीय सदस्यको बहुमत संख्या रहेको ब्यहोराको जानकारी निर्वाचन आयोगमा गराइसकेको छ ।

 

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  १ : ५० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको